काठमाडाैं । गृह मन्त्रालयले तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा गर्न सिफारिस गरेको छ।
मंगलबार बसेको बढुवा समितिको बैठकले तीन जनालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत वसन्तकुमार पन्त, केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत् धिरजप्रताप सिंह र प्रधान कार्यालय, कार्य विभागमा कार्यरत् रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको हो।