दैलेख। नेपाल प्रेस युनियन दैलेखकाे छैठौं जिल्ला अधिबेशन तथा साधारण सभाकाे उद्घाटन सत्र सकिएकाे छ। केही महिना यतादेखि पटक-पटक स्थगित भएकाे अधिवेशन आज सुरू भएकाे हाे। निर्वाचन अधिवेशनका रूपमा समेत रहेकाे याे अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ।
कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीकाे प्रमुख आतिथ्यतामा अधिवेशनकाे उद्घाटन सत्र समापन भएकाे छ। उद्घाटन सत्रमा अतिथिका रूपमा नेपाल प्रेस युनियन केन्द्रिय उपमहासचिव कमल पन्त, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि मिना कुमारी थापा, भुपेन्द्र शाही, महासमिति सदस्य सुर्य वि.क. ट्रेड युनियन कांग्रेस जिल्ला सभापति नमराज सुवेदी लगायतकाे उपस्थिति रहेकाे थियाे।
साधारण सभामा विभिन्न प्रेस सघ संगठनका प्रतिनिधिहरुले शुभकामना ब्यक्त गरेका छन्।
साधारण सभाकाे अबसरमा युनियनका संस्थापक सभापति समेत रहेका प्रदेश सभा सदस्य भण्डारीलाइ पार्टी राजनीतिमा हुदैँ जनप्रतिनिधी निर्वाचित भएकोमा सम्मान गरिएको छ।
त्यसैगरी, महेन्द्र खड्का, नगेन्द्र थापालाई सम्मान गरिएको छ भने पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील रहेकाे भन्दै जाेति कटुवाल,सुबर्ण शाही र गाेबिन्द केसि र महेन्द्र सापकाेटाुलाई पनि सम्मान गरेकाे छ।
उद्घाटन सत्र सकिएसँगै अब बन्दसत्र सुरू हुने जनाइएकाे छ।