सुर्खेत । वीरेन्द्रनगरमा लागु गरिएको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार साँझदेखि निषेधित क्षेत्र तोकिएकोमा बुधबार सूचना जारी गर्दै हटाएको हो ।
एमसीसीविरुद्ध नेकपा विप्लवसहितका ६ दलले सोमबार नेपाल बन्द गरेका थिए । बन्द गराउने अराजक समूहले पार्टी कार्यालय, बजार क्षेत्र, प्रहरी विट लगायतका क्षेत्रमा तोडफोड र आगजनी गरेपछि प्रशासनले मंगलबार साँझसम्म कफ्र्यू जारी गरेको थियो ।
मंगलबार साँझ ७ बजेदेखि कफ्यू हटाएर वीरेन्द्रनगरका तीन स्थानलाई निषेधाज्ञा क्षेत्र तोकेका थियो ।
यरिचोक, मंगलगढीचोक र हटिया लाइन/हटिया चोक क्षेत्रमा लगाइएको निषेधाज्ञा बुधबार ६ बजेदेखि लागु हुनेगरी हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए ।