नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरू हुनासाथ हो-हल्ला भएको छ। प्रज्ञा भवनमा बैठक सुरू हुने लाग्दा हो-हल्ला भएको हो।
हो-हल्ला भएपछि त्यहाँबाट पत्रकारहरूलाई बाहिर निकालिएको छ।बैठक सुरू भएपछि केन्द्रीय सदस्य सुदन किराती र रञ्जित तामाङ लगायतका नेताहरुले केन्द्रीय सदस्यहरू सबैले बोल्न पाउनुपर्ने माग राखेका थिए।
केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले राखेको प्रस्तावमा भौगोलिक र गैरभौगोलिक समूहमा छलफल गर्ने भनिएको थियो।
तर प्रत्येक सदस्यले बोल्न पाउनुपर्ने आवाज उठ्न थालेपछि उद्घाटनकै दिन हो-हल्ला भएको थियो।
‘बैठक दसै दिन गए पनि केही हुन्न तर विशेषगरी पछिल्लो राजनीतिक घटनाक्रमबारे सबैले कमिटीमा आफ्नो कुरा राख्न पाउनुपर्ने भन्ने आवाज उठेको हो,’ एक केन्द्रीय सदस्यले भने।
त्यसपछि महासचिव देव गुरूङले पत्रकारहरूलाई बाहिर जान भनेर बैठकको एजेन्डा प्रस्तुत गरेका थिए।