काठमाडौँ । प्रहरीले दुर्गा प्रसाइ र उनका अंगरक्षक दिपक खड्कालाई झापाको भद्रपुरबाट पक्राउ गरिएको विवरण सार्वजनिक गरेको छ । प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यको हस्ताक्षरमा जारी विज्ञप्तीमा प्रसाई र खड्कालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उल्लेख छ ।
राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याउँदैछ । १५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार रहेका थिए ।