काठमाडाैं। अमेरिकाको दक्षिण र मध्यपश्चिममा आएको बाढी र आँधीका कारण १८ जनाको मृत्यु भएको छ । शनिबारको आँधी र त्यसपछि लगातार वर्षाका कारण आएको बाढीका कारण स्थानीय समयअनुसार आइतबारसम्म मृत्यु हुनेको संख्या १८ पुगेको अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेस (एपी)ले उल्लेख गरेको छ ।
मृत्यु हुनेमा टेनिसीको पश्चिम भू–भागका १०, केन्टकीका २, मिसौरीका २, इन्डियानाका १ र अर्कान्सासका १ जना रहेका छन् । अन्य दुई जनाको ठेगाना खुलाइएको छैन ।
अर्कान्सासदेखि ओहायोसम्म फैलिएको आँधी र टेनीसी, केन्टकीमा लगातार भारी बर्षाका कारण नदीको वहाव बढेर बाढी आएको थियो । बाढी र आँधीले सबैभन्दा बढी टेनिसीमा क्षति पुर्याएको राष्ट्रिय मौसम सेवाले जनाएको छ ।
टेनीसीमा आँधीको कारण १० जनाको मृत्यु भएको छ । एक हजार भन्दा बढी घर, व्यापारीक संरचना, बाटो, सार्वजनिक स्थलहरु जलमग्न भएका छन् ।