सुर्खेत । भेरीगंगा नगरपालिका–९ का अध्यक्ष प्रेमबहादुर आग्रीको निधन भएको छ । भेरीगंगा नगरपालिका-९, जहरेका स्थायीबासी आग्रीकाे भारतको महाराष्ट्रमा उपचारको गएराती निधन भएको हो ।
क्यान्सर राेगबाट पीडित आग्री एक वर्षदेखि भारतमा उपचारत रहेको नगर प्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिए । भारतबाट शव ल्याउन आर्थिक जाेहाेका लागि नगरपालिकाले सहजिकरण गरेकाे उनले बताए ।
‘घरमै पुगेर उहाँकाे बारेमा जानकारी लिइसकेकाे छु, परिवारले घरसम्म शव ल्याउन धेरै खर्च धेरै लाग्ने जानकारी दिनुभएकाे छ,’ ढकालले भने ‘नगरपालिकाले उपचारका लागि यसअघि सहयाेग गरेकाे थियाे, अहिले शव ल्याउनमा पनि सहजिकरण गर्छाैं ।’
अन्दाजी ५७ वर्षीया आग्री मिर्गौला रोगबाटसमेत पीडित थिए । आग्री नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले ८५७ मत ल्याएर विजयीहुँदा नेकपा एमालेका विरजित बस्याल ५५५ मत प्राप्त गरी पराजित भएका थिए ।