सुर्खेत। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले मन्त्रालयको सभाहल अपाङ्गमैत्री बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्। शुक्रबार प्रदेश अपाङ्गता अधिकार समिति गठन सञ्चालन तथा व्यवस्थापन कार्यविधिको मस्यौदा सम्बन्धी आयोजना गरिएको छलफलमा मन्त्री भण्डारीले यस्तो निर्देशन दिए।
मन्त्रालयको माथिल्लो तलाको सभाहलमा भइरहेको कार्यक्रममा व्हीलचिअरमा आइरहेका शारीरिक अपांगता भएका व्यक्तिहरू सहभागी हुन नसकेपछि मन्त्री भण्डारीले अर्को पटकको बैठक आयोजना हुँदा अपाङ्गमैत्री सभाहल बनाउन निर्देशन दिएका हुन्।
साथै, सबै प्रकारका अपांगता भएका ब्यक्तिहरुको अधिकारका विषय कानूनी रूपमै व्यवस्था गर्नतर्फ ध्यान केन्द्रित मस्यौदा समितिलाई सुझाव दिए।
शिक्षा, स्वास्थ्य र तथ्याङ्कका विषय समेट्नुपर्ने बताए। उनले स्थानीय तह मार्फत अपांगता भएका व्यक्तिहरूको वार्षिक रूपमा अभिलेख राख्ने व्यवस्थाका लागि कार्यविधिमा समेट्न सुझाव दिए।
यस्तै, समयमै तत्काल कार्यबिधि कार्यान्वयनमा आउने प्रतिवद्धता जनाएका छन्।