कर्णाली । जाजरकोटकी एक गर्भवतीलाई हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको छ।
कुशे गाउँपालिका–४ टाँगाचौरकी १८ वर्षीया निशा रोकायालाई प्रसूति गराउन हेलिकप्टरमार्फत मंगलबार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको हो।
बेथा लागेपनि स्थानीय स्वास्थ्यचौकीमा प्रसुति गराउन नसकिएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।