वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले विभिन्न समुहमा कर्मचारी माग गरेको छ । संस्थाले शनिबार एक सूचना जारी गर्दै बरिष्ठ सहायक (लेखा तथा प्रशासन) पाँचौं तहमा चार र सहायक (बचत तथा ऋण)चौथो तहमा पाँच जना गरी जम्मा नौं जना कर्मचारी माग गरेको हो ।
वीरेन्द्रनगर–६, गणेशचोकमा मुख्य कार्यालय र विभिन्न स्थानीय तहमा १२ वटा सेवा केन्द्र मार्फत सेवा दिईरहेको र उक्त कार्यालयका लागि केही दक्ष जनशक्ति आवश्यक भएको जनाएको छ ।
योग्यता र अनुभव भएका ईच्छुक योग्य नेपाली नागरिकले साउन २१ गते भित्र आवेदन दिन सकिने संस्थाले सूचनामा उल्लेख गरेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित शिर्षकहरु