सुर्खेत। जाजरकोटकाे छेडागाड नगरपालिका-१२ काँडागाउँमा घर भत्किँदा ८ जना घाइते भएका छन्। स्थानीय पदम अधिकारीको घर शुक्रबार बिहान ३ बजे भत्किँएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार ३५ वर्षीय पदम अधिकारी, १० वर्षका दिनेश अधिकारी, ३० वर्षकी सरिता अधिकारी, १४ वर्षका नविन अधिकारी, ६५ वर्षकी भिरकुली अधिकारी, १५ वर्षकी सुजता अधिकारी, १६ वर्षकी संगीता अधिकारी र १४ वर्षका नवराज अधिकारी घाइते भएका छन्।
जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार संगीता र नवराज सामान्य घाइते भएका छन्। उनीहरुलाई घरमै राखिएको छ।
वर्षातका कारण ढुंगा, माटोले बनेको एकतले कच्ची घर भत्किएको डिएसपी पाण्डेले जानकारी दिए।
६ जनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको छ भने २ जनाको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको छ।