गण्डकी । मुस्ताङको घरपझोङ-५ ढुम्बामा ढिस्कोमा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ। शुक्रबार दिउँसो करिब १ बजे ढुम्बा स्थित कुछप तेरङगा गुम्बाको नाली खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर पुरिएपछि दुई मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
सर्लाही लालबन्दी नगरपालिका-१५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङ गढवा गाउँपालिका-१ का २३ वर्षीय रवि दर्लामी मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए।
पुरिएको शव बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।