सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८१–८२ को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक हुँदैछ । आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले आज प्रदेश सभामा बजेट प्रस्तुत गर्नेछन् । त्यसका लागि आज अपरान्ह तीन बजेका लागि प्रदेश सभा बैठक बस्दैछ ।
प्रदेश सरकारले ३० देखि ३२ अर्बबीचको आकारमा बजेट ल्याउने जनाइएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार मन्त्रालयगत बजेटको सिलिङ घटाइएकाले बजेट पनि घटेर आउने छ ।
चालु आर्थिक वर्ष २०८०–८१ मा प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको बजेट ल्याइएको थियो । जसमा कुल विनियोजनमध्ये चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात् २६.९७ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात् ५८.६५ प्रतिशत बजेट चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रहेको थियो ।