सुर्खेत। नेकपा एमालेका सांसद विनोदकुमार शाहले भुमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रीकाे सपथ लिएका छन्। यसअघि आफैले शपथ बहिष्कार गरेको उक्त मन्त्रालयमा बुधबार उनी नियुक्त भएका हुन्।
उनलाई मुख्यमन्त्री यामलाल कँडेलले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्।
गत वैशाख १८ गते मुख्यमन्त्रीले उनलाई सोही मन्त्रीमा नियुक्त गरेका थिए। आफूसँग समन्वय नगरेर मन्त्रालय बाँडफाँट गरेको भन्दै शपथ बहिष्कार गरेका थिए।
शाहले शपथ बहिष्कार गरेपछि कृषि मन्त्रालय खाली थियो।
मुख्यमन्त्री कँडेलले मन्त्री पदको शपथ नलिएका शाहलाई जेठ २ गते मन्त्रिपरिषदबाट हटाएका थिए।