सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्याल र संघीय सरकारका युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठबीच १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका बिषयमा छलफल भएको छ ।
युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले बिहिवार सदस्य सचिव संज्याललाई मन्त्रालयमै बोलाई १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताबारे कर्णाली प्रदेशको पूर्व तयारीका बारेमा सदस्य सचिव संज्यालबाट जानकारी लिएका थिए ।
मन्त्री श्रेष्ठ र सदस्य सचिव संज्यालबीच भएको छलफलमा युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थिति रहेको थियो । छलफलमा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको इतिहाँस हेर्दा धेरै पटक प्रतियोगिता सरेको भन्दै यो पटक कर्णालीमा आयोजना हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भइसको र आयोजक प्रदेशका रुपमा रहेको कर्णाली प्रदेशले आफ्नो आन्तरिक तयारी बलियो बनाइसकेकाले तोकिएको मिति भन्दा प्रतियोगिता सार्न नहुने बताए ।
‘हिजो कर्णालीमा खेल पूर्वाधारको अभाव देखाएर धेरै पटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अबसर आउदा पनि कर्णालीले यो अबसर लिन सकिरहेको थिएन ।
अहिले कर्णाली राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न हरेक हिसाबले सक्षम छ, ‘सदस्य सचिव संज्यालले भने,’ ‘१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा हुन्छ भन्नेमा हामि त ढुक्क छौ । तर केहि गरी तोकिएको मिति भन्दा सरिहाले कर्णालीको कारण नभई त्यो संघीय सरकार र राष्ट्रिय खेलकुद परिषद वा विभागिय मन्त्रालयले जिम्मेवारी लिनु पर्छ ।’
छलफलमा सदस्य सचिव संज्यालले प्रत्येक पटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा खेलहरु भारी मात्रमा थपिदै गएको भन्दै यसरी प्रत्येक पटक खेल थप्नु भन्दा खेलको बग्रिकरण गरेर निश्चित मापदण्ड बनाउनु पर्नेमा जोड दिए । उनले राष्ट्रियखेलमा समाबेश हुनाका लागि कुनै पनि खेलको मापदण्ड बनाएर मात्र उक्त खेल राष्ट्रिय प्रतियोगितामा समेट्नु पर्ने बताए ।
हिजोका दिनमा राष्ट्रिय खेलकुद परिषदले व्यवस्थापकीय जिम्मेवारी सबै आफु लिन खोज्दा धेरै पटक भद्रगोल भएको भन्दै सदस्य सचिव संज्यालले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट प्रदेशले पाउनु पर्ने जिम्मेवारीमा राष्ट्रिय खेलकुद परिषदले हस्तक्षप गर्न नहुने बताए । ‘राष्ट्रिय खेलकुद प्रतियोगिता हामि सबैको हो ।
जिम्मेवारी पनि सबैले पाउनु पर्छ, ‘उनले भने,’ ‘कसैको क्षत्राधिकार माथि सकैले पनि हस्तक्षप गर्नु हुँदैन ।’ १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको समयमा कर्णाली प्रदेशमा पछिल्लो समय चुनौतिको रुपमा हेरिएको मानवीय शक्ति व्यवस्थापनबारे जानकारी गराउदै सदस्य सचिव संज्यालले यो विषयमा कर्णाली प्रदेश सरकार, कर्णालीका सबै स्थानीय तह, निजि क्षेत्र, सबैले मिलेर सामाधान गर्न तयारी रहेको बताए ।
तर कर्णालीमा आउने पाहँुनाले कर्णालीको आतिथ्यता स्वीकार गर्न जादैछु भन्ने पहिला मानसिक रुपमा तयार हुनु पर्ने छ उनले भने,’ ‘कर्णालीमा आउने पाहँुनालाई कर्णालीको तारिकाले व्यवस्थापन गरिने छ ।’ युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले तोकिएकै मितिमा १० आंै राष्ट्रिय खेलकुद प्रतियोगिता हुने बताए ।
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजकको रुपमा रहेको कर्णाली प्रदेशको उत्साह र पूर्व तयारी हेर्दा धेरै खुशी लागेको भन्दै मन्त्री श्रेष्ठले अबको केहि दिनमा स्थलगत अध्ययनको लागि मन्त्रालयको तर्फबाट टोलि खटाइने प्रतिबद्धता जनाए । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक कर्णाली प्रदेश भए पनि सफल बनाउन सबैले लाग्नु पर्ने भन्दै मन्त्री श्रेष्ठले अबको केहि दिनमा नै मन्त्रालयको तर्फबाट रिजल्ट आउने गरी कामको थालनी गर्ने बताए ।
‘१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलको रुपमा मात्र कर्णालीमा आयोजना गर्ने भन्दा पनि यसले दिने सन्देशका बारेमा सबैले सोच्नु पर्ने भन्दै मन्त्री श्रेष्ठले भने,’ ‘यो प्रतियोगिता आयोजना पश्चात कर्णालीले कुनै न कुनै क्षेत्रमा परिवर्तन भएको कर्णालीले आभास गरोस् । त्यो खेल क्षेत्रमा होस् वा आर्थिक क्षेत्रमा होस् वा पर्यटकीय क्षेत्रमा होस् कर्णालीले केहि नयाँ पाउने गरी लाग्नु पर्छ ।’