सुर्खेत। नेकपा एमाले सुर्खेतकाे अधिवेशनबाट नेतृत्व चयन भएकाे छ। विहिबारदेखि सुरू भएकाे नवाैं अधिवेशनले कुलमणी देवकाेटाकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे छ।
आइतबार मतदान प्रकृयाबाट नेतृत्व चयन गरिएकाे हाे। अध्यक्षमा निर्वाचित देवकाेटा निवर्तमान अध्यक्ष अमृत विसीसँग २१९ मतान्तरले विजयी भए । देवकोटाले कुल ४९५ मतमध्य ३५१ मत पाएका छन् । प्रतिद्वन्द्वी अमृत विसीले १३२ मत पाए ।
पदाधिकारीमा देवकाेटा प्यानल विजयी भएका छन् ।
उपाध्यक्ष माेहन बडुवालले ३४६, सचिवमा डम्बर तिवारीले २९१, उप-सचिव खुलामा टिकाराम साेमैले ३२४ र महिलामा सुशील विश्वकर्माले ३३५ मत ल्याएर विजयी भए।
निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत सूर्यमणि गाैतमका अनुसार पदाधिकारीकाे मत गणना सकिएकाे छ । अब सदस्य पदकाे गणना शुरू हुनेछ ।