सुर्खेत। नेपाल कम्युनिस्ट पार्टी एमाले सुर्खेतको नवौँ जिल्ला अधिवेशन सुरु भएको छ। वीरेन्द्रनगर स्थित सिटी हलमा बिहीबारदेखि अधिवेशन सुरु भएको हो।
यो अधिवेशन निर्वाचन अधिवेशनका रुपमा रहेको छ। अधिवेशनबाट नया कार्यसमितिको चयन हुने जनाइएको छ।
सुर्खेतका ४९५ जना अधिवेशनमा भाग लिनेछन्। यी मध्ये सल्लाहकार २५, जनवर्गीय संगठन ४२, आयोजक कमिटी १२७, दलित समावेशी क्लस्टर ६९, अन्य क्लस्टर २३२ प्रतिनिधि रहेका छन्।
एमाले केन्द्रीय महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा अधिवेशनको औपचारिक उद्घाटन गरिएको छ।
उद्घाटन सत्रमा पार्टीका सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्यहरू, कर्णाली प्रदेश, जिल्ला कमिटीका पदाधिकारी सदस्यहरू लगायतको उपस्थिति रहेको छ।
आज उद्घाटन भएको अधिवेशन शनिवार सम्मा जारी हुनेछ।