सुर्खेत। उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भेरी-बबई आयोजनाको कार्यालय र विमानस्थल सार्ने भन्दा पनि नयाँ स्थापना गर्न खोजिएको बताएका छन्। सुर्खेतमा आयोजित तेस्रो कर्णाली एक्स्पोको उद्घाटन सत्रमा बोल्दै उनले आफूलाई वीरेनद्रनगरमा रहेका कार्यालय र विमानस्थल सारेको भन्ने आरोप लगेकोप्रती प्रस्ट पार्दै यस्तो बताएका हुन्।
कार्यक्रमको पूर्वबक्ता प्रतिनिधिसभा सदस्य हृदराम थानी, प्रदेश सभा सदस्य यामलाल कँडेल लगायतले विमानस्थलका बारेमा बोलेका कुराबारे जवाफ दिँदै उतिबेला विमानस्थल रोक्नेहरु प्रति प्रश्न गरे? विमानस्थलको विकासमा कसले कति गर्न भने । ‘महेन्द्रबहादुर शाही मुख्यमन्त्री हुँदा १ अर्ब बजेट विनियोजन गर्दा किन काम हुन सकेन ? कसले सहयोग नगरेको हो ? त्यो बेला विमानस्थल विस्तारमा सहयोग नगरेको कसले हाे ?’ उनले भने ।
खड्काले वर्तमान विमानस्थलको विकासमा आफू अग्रसर रहेको कुरा बताउँदै अहिले विमानस्थलको पूर्वाधार स्तरोन्नति भइरहेको जानकारी दिए।
विमानस्थल सार्ने कुरा हास्यास्पद भएको बताउँदै उतिबेलाका तत्कालीन पर्यटन मन्त्री खड्ग बहादुर बिश्वकर्माले रामघाटमा विमानस्थल बनाउने प्रस्ताव राखेको जानकारी गराए। उक्त प्रस्तावलाई बन्द गर्ने निर्णय कर्णालीको मन्त्रिपरिषदले सक्छ भने गर्न चेतावनी दिए। ‘मन्त्रिपरिषदले अहिले चलिरहेकाे भन्दा ठूलो क्षमताकाे विमानस्थल चाहिँदैन बन्द गरियोस् भनेर निर्णय गरोस्।’ उनले भने, ‘होइन भने चाहिन्छ, चाँडो बनोस् भन्ने माग सहितको निर्णय गर्नुस्।’ उनले प्रश्न गर्दै भने, ‘कर्णाली प्रदेशलाई ७२ सिटभन्दा ठूलो जहाज आवश्यक नरहेको हाे त?’
भेरी बबई सम्बन्धी कार्यालय सारिएको कुराका बारेमा भएको जानकारि गराउँदै नदीसँग जोडिएको सबै कुरालाई समेटेर नँया आयोजनाको रूपमा सो कार्यालय स्थापना गरिएको बताए। ‘वीरेन्द्रनगरको कार्यालय सारिएको कुरा होइन। त्यो नयाँ कार्यालय स्थापना गरिएको हो।’ उनले भने।
यहाँको पर्यटनको विकास मार्फत उन्नति गर्न सकिने बताए। त्यसका लागि भौतिक पूर्वाधार निर्माण गरी भावी पुस्ताका लागि आधार तयार गरिनुपर्ने जनाए। विगतमा भएका विभिन्न क्रियाकलाप शक्तिको बलमा कानुन पास गर्दा त्यसका विरुद्ध गरिएका अगुवाईको स्मरण गर्दै सबैको एकताबद्ध बलमा एकजुट हुनपर्ने बताए।
विश्वविद्यालय, पुनरावेदन अदालत, विकास क्षेत्र र तिनका कार्यालय स्थापना गर्ने क्रममा भाेग्नुपरेको व्यवहारलाई स्मरण गरे।
सरकारमा हुनेहरूले समयमा काम नगर्दा संघीयतामाथि प्रश्न गर्ने मौका मिलेको बताउदै दलहरु आपसको विवादमा अल्मलीन नहुने धारणा राखे। गल्ती सच्याउँदै नँया विश्वास र संकल्प जागृत गरेर जनताले विश्वास गर्ने खालको प्रस्तुति हुनुपर्ने बताए।
राजनीति र चुनावमा प्रतिस्पर्धा भएपनि जनताको सरोकार राख्ने विकासका कुरामा एकताबद्ध हुनपर्ने उनको भनाई थियो। ‘लक्ष हाम्रो एउटै हो, तरिका फरक पर्नसक्छ।’ उनले भने, यी सबै पक्षलाई केन्द्रीकृत गरेर जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए।
विभिन्न अन्तर्राष्ट्रिय कारकहरुले अर्थतन्त्रमा प्रभाव परेको जानकारी गराए। मौद्रिक नीतिमा भएको सुधारले केही उद्यमी व्यवसायीहरुका लागि केही सकरात्मक प्रभाव पार्न थालेको कुराका बारेमा सार्वजनिक गरिदिन उनले सुझाव दिए। सुधार हुँदै गएको अवस्थाका बारेमा सरोकारवालाले सकारात्मक कुरा गर्नुपर्ने भनाई राखे।