सुर्खेत। प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानीले सत्ता र शक्तिको भरमा मुलुक चलाउन नपाइने धारणा व्यक्त गरेका छन्। सुर्खेतमा आयोजित तेस्रो कर्णाली एक्स्पोको उद्घाटन सत्रमा बोल्दै उनले सरकार सञ्चालनमा रहेका प्रतिनिधिहरूले सत्ताको दुरुपयोग गरेको टिप्पणी गरे।
शक्ति र पहुँचको भरमा सारिएका कार्यालयको विरोध जनाउँदै विमानस्थल सार्ने नीति कार्यान्वयन हुननसक्ने बताए। भेरी कोरिडोरको कार्यालय बोटेचौर सार्नु गलत भएको उनको बुझाइ व्यक्त गरे। आवश्यकता र औचित्यका आधारमा फिर्ता ल्याउन अडिग हुने बताए।
मानवअधिकार, कानुनी राज्य लगायतका कुरा किताबमा मात्र पढ्ने अवस्था रहेको छ। राजनीति दलप्रति लक्षित भएको नागरिक दवावमा सुध्रिन आवश्यक रहेको छ।
कर्णाली प्रदेश स्थापना सदनले होइन, यहाँका जनताले ज्यान दिएर स्थापना भएको बताए।
कर्णालीमा चामल, नुन र सिटामोलका लागि मान्छे रुन परेको अवस्था छ। सत्तापक्ष वा प्रतिपक्ष सबै मिल्न पर्ने उनले भने होडबाजीले विकास हुन नसक्ने बताए।
कर्णालीको विकासको गति सुस्त भएको छ। कर्णालीका लागि छुट्टै लगानी सम्मेलन गर्ने, कर मिनाहा जस्ता नमुनाका कुरा गर्ने वातावरण बनाउन सुझाव दिए।
व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएको छैन। आफू राज्य व्यवस्था समितिमा हुँदा भएका एनसिएल जस्ता काण्डहरुको उदाहरण दिँदै यही अवस्थाले मुलुक सुध्रिने अवस्था नरहेको बताए।