जुम्ला सानैदेखि हामीले बोल्ने नेपाली भाषाको उद्गम स्थल हो । अनि नेपालको सबभन्दा ठूलो र राम्रो ताल रारा भन्ने बयान सुनेर काठमाडौंमा हुर्केकी मैले कर्णाली बारे धेरै पढें, थोरै जानें, झन थोरै बुझेको थिएँ।
बुद्धिसागरको ‘कर्णाली ब्लूज’ले भौतिक रूपमा नभएपनि मानसिक रूपमा कर्णालीको धेरै नजिकै पुगेको आभास भएको थियो। डोल्पाको जीवन कथा समेटिएको सिनेमा ‘क्याराभान’ हेरेर जीवन संघर्षको मतलब बुझ्न थालेकी मलाई ‘दक्षिण बग्दछ कर्णाली’ नाटकले मन मस्तिष्कमा कर्णालीको विकटताको छाप छोड्दा केही त गरौं भन्ने भावना जगाएकै हो।
सशस्त्र द्वन्द्वका बेला नेपाल सरकारले रुकुममा स्वास्थ्य शिविर लिएर जाँदा प्रसूति तथा स्त्रीरोग सम्बन्धी टोलीको नेतृत्व गर्दै दुई हप्ताको बसाइमा मैले महिलाको पाठेघर खसेको, क्यान्सर, जटिल अवस्थाको गर्भपतन, बाँझोपना आदिको उपचार र थुप्रै शल्यक्रिया गरेकी थिएँ। नियमित रूपमा विशेषज्ञ नरहेको र स्वास्थ्य शिविर पर्खनुपर्ने बाध्यताले कतिपय महिलाहरूको अवस्था जटिल र दयनीय रहेको प्रत्यक्ष देखें।
नेपालमा विद्यमान पितृसत्ताले महिलाको जीवनलाई मूल्यवान ठान्दैन। भ्रुण अवस्थादेखि नै छोरीमाथि विभेद हुन्छ, केही छोरीलाई जन्मिन नै दिइँदैन।
म सचिव भएको बेला जाजरकोटमा झाडापखाला फैलियो । रोग बढ्ने रफ्तार र खच्चरबाट नियमित औषधि ढुवानी हुने प्रचलनबीच तालमेल नमिलेको प्रष्ट भएको थियो। प्राकृतिक प्रकोप र आकस्मिक विपत्तिका लागि विशेष व्यवस्था मिलाउने प्रयासहरू गरिएका थिए। बाढी, पहिरो, भूकम्प लगायतका जोखिम उच्च रहेको यो प्रदेशमा कमजोर पूर्वाधारले स्वास्थ्य चुनौती थपेका छन्।
मैले मन्त्रालयको काम सकेको धेरै वर्ष बितिसके, नेपालबाट सशस्त्र द्वन्द्व समाप्त भएर लोकतान्त्रिक गणतन्त्र आएको पनि १५ वर्षभन्दा बढी भैसक्यो, यस्तो मौकामा तपाईंहरूसँगै बसेर कर्णालीका कुरा सुन्न र बुझ्न मैले पाएको यो अवसर मेरा लागि सदा अविस्मरणीय रहने छ। सबैलाई पुनस् धेरै धन्यवाद।
प्रसूति र पितृसत्तामा केन्द्रित भएर आफ्ना कुरा राख्नुपर्नेछ । तर पितृसत्ताको असर प्रसूतिका बेला मात्र देखिने होइन, यो महिलाको सम्पूर्ण जीवन कालमा( कोखदेखि बुढ्यौलीसम्म नै हुन्छ। यसको नकारात्मक असरलाई गरिबी, अशिक्षा र जातीय विभेदले मलजल गर्छन्। स्वास्थ्य प्रणालीको स्थितिले जीवन र मृत्युबारे निर्णायक परिस्थिति निर्माण गर्न सक्छन्, त्यसैले म यी विषयहरूमा पनि केही कुरा राख्न चाहन्छु।
कर्णाली प्रदेश( नेपालका १७ प्रतिशत जनसङ्ख्याको वासस्थलो, प्रकृतिको अनुपम उपहार, तर सेवा प्रवाह गर्न निकै चुनौतीपूर्ण विकट भूगोल, छरिएर रहेको बस्ती, कम जनघनत्व, अनि सेवा प्रदायक झन कम रहेको प्रदेश। थुप्रै सम्भावनाहरू बोकेको कर्णालीको स्वास्थ्य क्षेत्र किन पछि परिरहेछ, कसरी यसको अवस्था उकास्ने भनेर गरिएको यो मन्थनले अपेक्षित नतिजा प्राप्त गर्न सकोस्( मेरो हार्दिक शुभकामना छ।
सिंजा सभ्यताको उद्गम स्थल, परापूर्व कालको समृद्ध कर्णाली बिस्तारै बिस्तारै पछाडि पर्दै गएछ। पछि पर्दापर्दै पनि कर्णालीले स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको छ भन्ने मेरो ठम्याइ छ। विगतका ३ दशकको तथ्याङ्क केलाउने हो भने यति कुरा त स्पष्ट नै हुन्छ। बाल मृत्युदर, मातृ मृत्युदर, रक्त अल्पताको परिमाण आदिलाई स्वास्थ्य स्थितिको केही सूचकका रूपमा लिन सकिन्छ।
पहिले हाम्रो प्रादेशिक संरचना नभएकाले प्रदेशगत रूपमा पुरानो तथ्याङ्क उपलब्ध छैन, यसर्थ पुरानो तथ्याङ्कसँग दाँजेर प्रगति यकिन गर्न गाह्रो हुन्छ, तैपनि मैले मध्यपश्चिम र सुदूरपश्चिमको औसत तथ्याङ्क लिएर विगत करीब ३० वर्षको प्रगति हेर्ने जमर्को गरेकी छु।
२०५३ सालताका ९३ दशक अगाडि० यो भेगमा जन्मेका हजार बालबालिका मध्ये करीब ६५ जनाको एक महिनाभित्रै मृत्यु हुन्थ्यो, ११९ जनाको एक वर्षभित्रै, अनि पाँच वर्ष पुग्दा नपुग्दै १७८ जनाको मृत्यु भैसक्थ्यो। यसको एक दशक पछि, २०६३ सालताका, नवजात शिशु मृत्युदर सुधार हुँदै ६५ बाट ४५ मा झर्यो, एक वर्षभित्र हुने मृत्यु ११९ बाट ८५ जति भयो । अनि अनि पाँच वर्ष पुग्दा नपुग्दै हुने मृत्यु १७८ बाट घटेर १११ जति भयो।
यसको करिब १५ वर्षपछि बालस्वास्थ्य अवस्थामा थप सुधार हुँदै गएको देखिन्छ । तैपनि यो प्रदेशको बाल मृत्युदर राष्ट्रिय औसतभन्दा बढी नै छ। २ वर्ष अगाडिको प्रतिवेदन अनुसार यो प्रदेशको नवजात शिशु मृत्युदर हजारमा २६ छ ९राष्ट्रिय औसत २२०, एक वर्षभित्र हुने मृत्यु हजारमा ३६ ९राष्ट्रिय औसत २८०, पाँच वर्षभित्र हुने मृत्यु हजारमा ४६ ९राष्ट्रिय औसत ३३० रहेको छ।
अनि निरक्षर आमाका पाँच वर्षमुनिका हजार बालबालिकामध्ये ५० जनाको मृत्यु हुँदा माध्यमिक तहसम्म पढेका आमाहरूको पाँच वर्ष मुनिका हजार बालबालिका मध्ये ६ जनाको मात्रै मृत्यु हुँदोरहेछ। कति फरक, महिला शिक्षाले कति राम्रो प्रभाव पार्ने रहेछ १
तर कर्णालीमै बालविवाह गर्ने र माध्यमिक शिक्षा नलिने जनसङ्ख्या पनि ठूलै छ। राष्ट्रिय जनगणना अनुसार एक वर्षमा प्रजनन उमेरका ९१५(४९ वर्ष० महिलाको १२ हजार ९७६ मृत्युमध्ये ६५३ मातृमृत्यु थिए। नेपालमा औसतमा प्रति एक लाख जीवित जन्ममा १५१ आमाहरूले ज्यान गुमाउँछन् । तर कर्णालीमा प्रति एक लाख जीवित जन्ममा १७२ जना आमाको मृत्यु हुन्छ।
शहश्राव्दी विकास लक्ष्य हासिल गर्न सन् २०३० सम्ममा प्रति एक लाख जीवित जन्ममा मातृमृत्यु ७० सम्म झार्ने नेपालको लक्ष्य छ। यो ठूलो लक्ष्य हासिल गर्न प्रयास पनि धेरै ठूलो चाहिन्छ।
चुनौतीहरू हुँदाहुँदै पनि कर्णाली प्रदेश प्रगति उन्मुख छ । ३ दशक पहिलेको तुलनामा धेरै राम्रो हुँदै छ। यहाँको युवा साक्षरता दर ८२ प्रतिशत ९राष्ट्रिय ८५ प्रतिशत०, अपेक्षित आयु ६७ वर्ष ९राष्ट्रिय ६९।७०, मानव विकास सूचकांक ०।४२७ ९राष्ट्रिय ०।५७४० छ, अनि ९२ प्रतिशत घर परिवारमा बिजुली जडान भएको छ, ९६ प्रतिशतमा शौचालय छ। ३८ प्रतिशत जनतासँग इन्टरनेटको पहुँच छ, ७३ प्रतिशतको हातमा मोबाइल फोन छ, तर यो तथ्याङ्कलाई खण्डीकरण गरेर हेर्ने हो भने महिलाको पहुँच कम नै छ।
कर्णालीमा स्वास्थ्य संस्थाहरूको सङ्ख्या ४३३ रहेको छ, २७४ बर्थिङ्ग सेन्टर रहेका छन्। साथै प्रदेश अस्पताल, मेडिकल कलेज, आयुर्वेद अस्पताल समेत रहेको यो प्रदेशमा सङ्ख्याको हिसाबले स्वास्थ्य संस्थाको उपलब्धता राम्रै छ। तर सेवाको सुनिश्चितता, गुणस्तर र पहुँचमा सुधार गर्नु पर्नेकुराहरू धेरै छन्।
नेपालको औसत हेर्ने हो भने ४९ प्रतिशत जनसङ्ख्या ३० मिनेट भित्र स्वास्थ्य संस्थामा पुग्न सक्ने अवस्था छ, तर यहाँका २३।६ प्रतिशत जनसङ्ख्या मात्रै आधा घन्टा भित्र स्वास्थ्य संस्थामा पुग्न सक्छन्। कतिपय ठाउँमा बजार र अस्पताल जोड्ने पुल नबन्नाले २ मिनेटमा पुग्न सकिने अस्पताल पुग्नै आधा घन्टा लाग्छ।
आफ्नी आमाले भोग्ने गरेको घरेलु हिंसा प्रत्यक्ष देखेकी बालिकाले पछि गएर हिंसालाई सामान्य रूपमा लिन्छे, प्रतिकार गर्न सक्दिन। प्रतिकार गरी भने पनि उसको सुरक्षा, साथ, सहयोग दिने परिवार, समाज या राज्य उसले पाउँदिन ।
निकट विगतका वर्षहरूमा सुस्तरी विकासको पथमा लम्किदै गर्दा र आफ्नै विगतसँग तुलना गरेर हेर्दा यहाँको प्रगति राम्रो नै छ, तर राष्ट्रिय औसतसँग तुलना गर्दा यो प्रदेश धेरै पछि परेको देखिन्छ। तुलना गरेपछि आफ्नो प्रदेशलाई प्रतिस्पर्धामा अगाडि लैजाने सकारात्मक प्रयासहरू हुनेनै छन्, भैरहेका पनि छन्।
यहाँका नेताहरूले व्यक्त गर्नुभएका भावना( कर्णाली ब्युँझिएको मात्रै होइन, जुर्मुराएर उठेको छ, दौडेर अरुलाई जित्न तम्तयार भैरहेको छ( भन्ने कुरा यो प्रदेशको स्वास्थ्य योजना पढ्दा थाहा हुन्छ। मैले सर्सर्ति हेर्दा र गहिरिएर मनन गर्दा यहाँ प्रगति भैरहेको देख्छु, तैपनि गर्नुपर्ने काम धेरै छन्, तिनलाई प्राथमिकीकरण गरेर लैजानु उचित हुन्छस यसो गर्दा स्रोतको प्रभावकारी उपयोग हुन्छ।
म स्वयं एक महिला र आमा भएको नाताले, धेरै वर्ष महिलाहरूलाई स्वास्थ्य सेवा पुर्याउँदै गर्दा तिनका पीडासँग परिचित भएकाले महिलाका विषय मेरा लागि प्रिय छन्। नेपालमा नारीवादी आन्दोलनले महिलाको अधिकार, सम्मान र स्वतन्त्रताको वकालत गरिरहेको छस यसो भन्दै गर्दा मैले पुरुषप्रति आक्षेप या विभेद गरिरहेको छैन।
बहुसंख्यक पुरुषले अधिकार, सम्मान र स्वतन्त्रताको उपभोग गरिनै रहेका छन्। महिला उत्थानका केही पक्षमा धेरै पुरुषहरूको अथक प्रयास र सकृय सहयोग रहेको छ। हाम्रो गुनासो नियन्त्रणमुखी र विभेदकारी पितृसत्ताप्रति छ जसका कारण महिलाको प्रजनन स्वास्थ्यका समस्याहरू निराकरण गर्न सकिएको छैन।
महिलाले नै हो आमाको समेत भूमिका निर्वाह गर्दै घर परिवार, बालबच्चा सबैको हेरचाह गर्ने, तिनीहरूलाई शिक्षित र सुसंस्कृत बनाउने। मेरो बुझाइमा महिला स्वास्थ्य कमजोर भएमा परिवार कमजोर हुन्छ, अनि समाज र देश कमजोर हुन्छ। कर्णाली पछि परेमा समग्र नेपाल पछि नै परिरहन्छ।
नेपाली महिलाले हाम्रो संविधान प्रदत्त स्वास्थ्य अधिकार र प्रजनन स्वास्थ्य अधिकार उपभोग गर्ने क्रममा समग्र नेपालका र विशेष गरी कर्णालीका महिला पछाडि पारिए भने नेपालले आँटेको दीगो विकास लक्ष हासिल हुनै सक्दैन।
म यहींको गाउँठाउँको एउटा उदाहरण पेस गर्न चाहन्छु( भर्खर १४ वर्ष टेकेकी सुन्तली कामीको २४ वर्षका सन्तोषसँग विवाह भयो। सुन्तली साक्षरसम्म थिइन् । आर्थिक अवस्था कमजोर र धेरै छोराछोरी भएका उनका माता पिताले सानै उमेरमा उनको विवाह गरिदिनु उचित ठाने।
समाज साक्षी बस्यो, केहीले भोज खाए, रमाइलो गरे। १६ वर्ष हुँदा उनी गर्भवती भइन। स्वास्थ्य संस्थामा जँचाउन लैजान परिवारले आवश्यक ठानेन। ३ दिनसम्म व्यथाले च्याप्दा पनि बच्चा नजन्मिएपछि बल्ल तल्ल नजिकैको स्वास्थ्य संस्थामा लगियो। त्यहाँ नहुने भएपछि हेलिकोप्टर बन्दोबस्त गरेर स्थानीय स्वास्थ्य संस्थाले उनलाई नेपालगञ्ज पठाइदियो। नेपालगञ्जमा शल्यक्रिया गरेर पेट भित्रै मरिसकेको बच्चा निकालियो। अत्यधिक रक्तश्राव भएर सुन्तलीको पनि ज्यान गयो।
सुन्तली प्रतिनिधि पात्र मात्रै हुन्, नेपालमा हरेक दिन उनी जस्ता दुई जना महिलाले ज्यान गुमाउँछन्। नेपालमा भएका मातृ मृत्युमध्ये ३३ प्रतिशत गर्भावस्थामा, ६ प्रतिशत सुत्केरी हुँदा र ६१ प्रतिशत सुत्केरी भैसकेपछि हुन्छ। यहाँ ४० प्रतिशत महिला र बालबालिकामा रक्तअल्पता छ। गर्भवती अवस्थामा न्यूनतम चारपल्ट गर्भजाँच गर्नुपर्छ ।
स्वास्थ्य संस्थामा सुत्केरी गराउनुपर्छ, यो कुरामा केही प्रगति भएको छ। तर सुत्केरीको हरेचाहमा धेरै कमी कमजोरी छन्, त्यसैले सुत्केरी भएको ४५ दिनभित्र धेरै आमाहरूको मृत्यु हुन्छ। गर्भावस्थादेखिनै रगत कम भएको महिलाको सुत्केरी हुँदा कम रगत बगे पनि उनको अवस्था नाजुक हुन सक्छ, अनि खानेकुराहरू बार्ने पुराना कुरीतिहरूले उनको कमजोरी बढ्छ, कतिपय अवस्थामा विभिन्न संक्रमणले पनि ज्यान लिन्छ।
के नेपालको संविधानले, अनि हाम्रो नयाँ लोकतान्त्रिक गणतन्त्रले सुन्तलीको र उनीजस्ता यावत महिलाहरूको अधिकारको लागि सुनिश्चित गरेको भविष्य यस्तै हो तरु निश्चय नै पनि होइन। अनि किन यस्तो भयोरु हामी कहाँ कहाँ चुक्यौं अनि किन निरन्तर चुक्दै छौं रु एकछिन सोचौं।
म सोच्छु, आमा हुन लाग्दा किन सुन्तली मरिन्, म चाहिं आमा हुँदा किन मरिनँरु के कर्णालीमा जन्मेकै भएर सुन्तलीले मृत्यु वरण गर्नुपरेको होरु कर्णालीको भूगोल निश्चय पनि विकट छ, तर त्यति मात्र कारण होइन। हामी धेरै ठाउँमा चुकेका छौं। हामी चुक्यौं, सुन्तलीलाई पढाउन, आत्म निर्भर बनाउन।
हामी चुक्यौं बालिग भएपछि मात्रै उनको विवाह गरिदिन, उनलाई पोषणयुक्त खानेकुरा दिन, हामी चुक्यौं उनको गर्भ जाँच गराएर समयमै जटिलता पत्ता लगाउन, अनि हामी चुक्यौं उनलाई समयमै स्वास्थ्य संस्था पुर्याउन।
हामी चुक्यौं, हो, तर किन हामी चुक्यौंरु यो प्रश्नको उत्तर नखोजे सम्म हामी पटक पटक चुक्छौं, अनि सुन्तली जस्ता अन्य धेरै बालिका र महिलालाई बचाउन सक्दैनौं। किन चुक्यौं भन्ने प्रश्नको उत्तरले समाधानका उपाय पनि देखाउँछ भन्ने लाग्छ मलाई। पितृसत्ताको नकारात्मक असर र स्वास्थ्य प्रणालीका कमी कमजोरीमा कारण हामी सुन्तलीलाई न्याय गर्न चुक्यौं।
नेपालमा विद्यमान पितृसत्ताले महिलाको जीवनलाई मूल्यवान ठान्दैन। भ्रुण अवस्थादेखि नै छोरीमाथि विभेद हुन्छ, केही छोरीलाई जन्मिन नै दिइँदैन। नेपालका १२ जिल्लामा १०० जना छोरी जन्मँदा ११० भन्दा बढी छोरा जन्मिन्छन्, जबकि नेपालमा कानुनी रूपमा भ्रुणको लिङ्ग हेरेर गर्भपतन गराउन पाइँदैन।
बहुसंख्यक परिवारमा महिलाले छोरा नपाएसम्म सन्तान जन्माइ रहनुपर्ने वाध्यता छ, आफ्नो जीवन बारम्बार जोखिममा पारेर। सामान्यतया छोरालाई राम्रो खाना, शिक्षा, खेलकुद गर्न छुट, औषधिमुलो दिन सक्ने बाआमाले छोरीलाई घरको काम, भाइबहिनी हेर्ने, गाइवस्तु हेर्ने काम लगाउँछन्, पराइधन ठानेर उनीमाथि लगानी गर्न चाहँदैनन्, छाउगोठमा उसको मृत्य हुँदा दैवको लीला ठान्छन्, अनि यस्तो कुरीति अद्यापि निरन्तर छ।
समाजको सबै जसो कुरामा अग्र स्थानमा रहन चाहने पुरुष, पत्निको मृत्यु भयो भने अपवाद बाहेक लाचार जस्तो हुन्छ, आफ्नो र छोराछोरीको स्याहार गरिदिन अर्की पत्नि खोज्छ। तर कुनै कारणवश पतिको मृत्य भयो भने महिलाले बाबु र आमा दुवैको भूमिका निर्वाह गर्छिन्। आर्थिक रूपमा सबल नभएपनि महिलाले दुःखजिलो गरेर नाबालिग सन्तान हुर्काउँछन्। तर त्यही महिलाले निरन्तर हेपाई र हेलाँ सहन्छिन् । कतिपय अवस्थामा बोक्सीको आरोप र प्रताडना समेत सहन बाध्य पारिन्छिन्।
आफ्नी आमाले भोग्ने गरेको घरेलु हिंसा प्रत्यक्ष देखेकी बालिकाले पछि गएर हिंसालाई सामान्य रूपमा लिन्छे, प्रतिकार गर्न सक्दिन। प्रतिकार गरी भने पनि उसको सुरक्षा, साथ, सहयोग दिने परिवार, समाज या राज्य उसले पाउँदिन। परनिर्भर महिलाका लागि मौन रही हरेक अन्याय सहनुको विकल्प हुँदैन, बुहार्तन र विभेद उसका जीवन(यथार्थ हुन पुग्छन्।
भेदभावपूर्ण हुर्काइ भोगेकी बालिकापछि गएर आफैं पितृसत्तालाई बढावा दिने सासु बन्छे। उसको छोरालाई सकभर सबै राम्रो दिन्छे, छोरी बुहारी प्रताडित नै रहन्छन्। निरपेक्ष गरिबी, अशिक्षा, जातिय एवं सामाजिक प्रचलन आदिले पनि विभेदपूर्ण समाजको निरन्तरतालाई मलजल गर्छन्। अनि अर्को पुस्ताकी छोरी, बुहारीले पनि यो पुस्ताकी सुन्तलीकै नियति भोग्नुपर्छ, चाहे त्यो कर्णालीमा होस् या नेपालका अन्य प्रदेशमा।
बच्चा जन्माउँदा सुन्तलीको मृत्यु भयोस अन्य कति महिला छन् जसले निसन्तान हुनुको पीडा खेपेका छन्। आफ्नो प्रजनन् अंगमा कुनै खराबी नभएपनि बाँझो हुनाको आक्षेप सहेका छन्, सौता बेहोरेका छन्। अन्य कति नवजात शिशु मृत्यु हुँदा आफैं मरेझैं भएका छन्।
प्रसूतिका जटिलताका कारण दिसा पिसाब चुहिने, आङ्ग खस्ने समस्याले पीडित छन्। बुढ्यौलीका अनेकन समस्या आँसु पिउँदै पचाएर, लुकाएर बसेका छन् । महिला हिंसाको त कुरै नगरौं, पतिलाई नसोधी घरबाट निस्केको कारणले, भात डढेको निहुँ जस्ता समान्य कारणका लागि पनि महिलाहरूले हिंसा बेहोरेका छन्। आफ्नो स्वास्थ्यका बारेमा आफैंले निर्णय गर्न पाउने र स्वास्थ्य संस्थासम्म जान पाउने महिलाको सङ्ख्या पनि कम नै छ।
हामी सबैले गम्भीर भएर सोच्नुपर्छ, नेपालमा महिला शिक्षा, महिला सशक्तीकरणका प्रयास नभएका होइनन्, महिलाले राजनीतिक अधिकार पनि उपभोग गर्दैछन्, तर पनि महिलाको अवस्थामा उल्लेख्य सुधार हुन सकेको छैन। महिला नेताहरूले, समाज परिवर्तनको संवाहक बन्न चाहनुहुनेहरूले पनि आफ्नै घर परिवारबाट परिवर्तनको सुरुवात गर्न सक्नुभएको छैन। अनि हाम्रो समाजका सहृदयी पुरुषहरूले पनि वर्तमान नेपाली युवाहरूको समानताको चाहना बुझ्न सक्नुभएको छैन।
पहिले घरहरू सम्पूर्ण रूपमा पितृसत्तात्मक थिए, अर्थात् घरमूली पुरुष हुन्थे, आर्थिक व्यवस्थापनको जिम्मा उनीहरूको हुन्थ्यो, महिलाको भूमिका घरभित्र मात्रै सीमित थियो । तर अहिले महिला, पुरुष दुवै घरभित्र र बाहिर पनि काम गर्छन्, आर्थिक उपार्जनमा दुवैको सहभागिता छ। अझ नेपालका १३ लाख ३० हजार अर्थात् ३२।४ प्रतिशत परिवारमा महिलाहरू नै घरमूली छन्। यति हुँदाहुँदै पनि किन वर्तमान नेपालको पितृसत्ता जडसूत्रवादी छ( पुरुषको प्रधानता कायम राखी महिलाहरूप्रति निकृष्ट निर्दयी व्यवहार देखाउने खालको।
पितृसत्ताको निरन्तरतामा के व्यक्तिको र उसको परिवारको मात्रै भूमिका हुने होरु हाम्रो समाज र राज्यको भूमिका छैन र रु छ नि, तर यिनले प्रभावकारी भूमिका खेल्न सकेको भए यस्ता कुरीति हट्दै जाने थिए। घरका पुरुषले, टोल छिमेक, समाजले छोरी पढाउन प्रोत्साहन गरेमा, छोरा र छोरी दुवैले समान अवसर सहित हुर्किन पाएमा, छाउपढी जस्ता कुरीति निरुत्साहित गरेमा, सरकारले स्कुल कलेजमा सबैको पहुँच र सिकाइको गुणस्तर सुनिश्चित गरेमा, बालविवाह रोक्ने कानुन प्रभावकारी रूपमा कार्यान्वयन गरेमा, हिंसा पीडितको संरक्षण र पीडकलाई सजाय गर्ने विषयमा विभेद नगरेमा, महिलाका विचार व्यक्त गर्ने मञ्च र सुन्ने धैर्य भएमा हाम्रो समाजमा व्याप्त कुरीतिहरू विस्तारै घट्दै जाने छन्, तर यसो हुन सकिरहेको छैन।
वैदेशिक रोजगारीका कारण भैरहेको सामाजिक तथा पारिवारिक विखण्डन, सामाजिक सञ्जालको कुप्रभाव, नैतिक शिक्षाको अभाव आदिले पनि आगोमा घ्यू थप्ने काम गरेका छन्। यसरी विभिन्न खाले विभेद खेपेका सुन्तलीहरूले अनाहकमा ज्यान गुमाउँदैछन्। यसो नहोस भन्नका लगि नेपालको घरमूली ९मातृसत्ता या पितृसत्ता० समानताको पक्षपाती अर्थात् आफ्ना सबै सन्तानलाई समान अवसर दिएर तिनलाई आफ्नो क्षमता प्रस्फुटन गर्न सक्ने बनाउन लागि पर्ने सच्चा अभिभावक चाहिएको छ, नियन्त्रक होइन।
यी त भए महिलाका जीवनमा पितृसत्ताका केही नकारात्मक प्रभावको चर्चा। यसका अतिरिक्त प्रसूतिको नतिजामा स्वास्थ्य सेवाका संरचनागत तत्वहरूले पनि ठूलो प्रभाव पारेका हुन्छन्। यसर्थ अब म नेपालको र खासगरी कर्णालीको स्वास्थ्य स्थिति र स्वास्थ्य प्रणालीका बारे संक्षेपमा सबैको ध्यानाकर्षण गर्न चाहन्छु।
पोषणको स्थिति विश्लेषण गर्दा बागमती प्रदेशमा पाँच वर्ष मुनिका १८ प्रतिशत बालबालिकाहरू पुड्का छन् भने यहाँ तीन गुणा बढी, ३६ प्रतिशत छन्। दाउरामा खाना बनाउने, धुम्रपान गर्ने, वातावरणीय प्रदूषण आदि कारणले दम लगायत फोक्सोका रोगहरू धेरै रहेका छन्। परिवार नियोजनका साधनको प्रयोग हतपत नगर्ने, सरसफाइको कमी, दुषित पानी आदिले पनि स्वास्थ्य चुनौती थपेका छन्।
महिलामा पुरुषको तुलनामा स्वास्थ्य समस्या बढी नै हुन्छन्। यीमध्ये अनिच्छित गर्भ, यौन रोग, आङ्ग खस्ने, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, महिनावारी सम्बन्धी जटिलता, रजोनिवृत्तिका असर आदि मुख्य रहेका छन्।
यी बाहेक अन्य जस्तै सरुवा रोग, झाडापखाला, दम खोकी, क्षय रोग, उच्च रक्तचाप, मधुमेह र मानसिक स्वास्थ्य समस्याले महिला र पुरुष दुवैलाई असर गर्ने गर्दछ। बाढी पहिरो, भूकम्प आदि प्राकृतिक प्रकोप र कोभिड जस्ता महामारीले विभिन्न खाले स्वास्थ्य जटिलता थप्छन्।
थुप्रै स्वास्थ्य समस्याहरू जनचेतना र जीवनशैली परिवर्तनका माध्यमबाट रोकथाम गर्न सकिने किसिमका हुन्छन्। यसका लागि समुदायको सहभागिता आवश्यक हुन्छ। अनि करीब ८०(९० प्रतिशत रोगहरू तल्लो तहका स्वास्थ्य संस्थाबाट उपचार गरेमा नीको हुने खालका हुन्छन्।
नेपाल सरकारले सम्पूर्ण नेपाली जनतालाई आधारभूत स्वास्थ्य सेवा निशुल्क दिने कानुनी प्रावधान छ। युनिभर्सल हेल्थ कभरेजको अवधारणा अनुरूप निशुल्क सेवाका अतिरिक्त सामाजिक स्वास्थ्य सुरक्षा ९बीमा० कार्यक्रम मार्फत पनि थप उपचारको व्यवस्था गरिएको छ।
देशको तस्वीरलाई पूर्णताको उज्यालो दिन कर्णालीको स्वास्थ्यका लागि र पितृसत्त्ताले थोपरेका नकारात्मक असर हटाउनका लागि जिम्मेवारी पूर्वक सबैले आ(आफ्नो दायित्व निर्वाह गरौं।
सामान्यतया १०-२० प्रतिशत रोगलाई मात्र उच्च तहको विशेषज्ञ सेवा चाहिन्छ। सेवाको उपलब्धता, पहुँच र गुणस्तर सुनिश्चित गर्नका लागि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य प्रणालीलाई वित्तीय व्यवस्थापन, जनशक्ति, सूचना प्रविधि, सुशासन, सेवा प्रवाह र समुदायको सहभागितारूपी बलियो खम्बाहरू मार्फत सुदृढीकरण गर्ने सल्लाह दिन्छ। नेपालको स्वास्थ्य नीति र रणनीतिहरूले पनि यी कुराहरूलाई प्राथमिकतामा राखेका छन्।
तर हाल नेपालको स्वास्थ्य क्षेत्रमा भएको कुल लगानी मध्ये ५० प्रतिशत भन्दा बढी व्यक्ति स्वयंको खल्तीबाट भइरहेछ। यसले गर्दा विपन्न वर्ग ठूलो मर्कामा छन्। कर्णाली प्रदेशमा मात्रै पनि परिवारको कुल आम्दानीको १३ प्रतिशत भन्दा बढी खर्च अपर्झट आइपर्ने स्वास्थ्य समस्या का लागि प्रयोग हुने रहेछ। भएका जायजेथा बिक्री गरी उपचार गराउँदा गरीब झन् झन् गरीब हुँदैछन्।
आमा सुरक्षा कार्यक्रमबाट प्राप्त निशुल्क सेवाले निकै भरथेग गरेको छ, तर पर्याप्त छैन। सरकारले स्वास्थ्य क्षेत्रमा गरेको ठूलो लगानी अनावश्यक निर्माण, प्रयोग नहुने उपकरण खरीद आदिमा खेर गइरहेको छ। भ्रष्टाचार निर्मूल गर्दै आवश्यक औषधि उपकरण र स्वास्थ्यकर्मीको उपलब्धता गराउन सकेमा २४ सै घन्टा सजिलोसँग राम्रो सेवा पाउने कुरा सुनिश्चित गर्न सकिन्छ।
जनशक्तिको कुरा गर्दा यहाँ ठूलो विरोधाभाषपूर्ण स्थिति छ। एकातिर चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी नपाएर नेपालको स्वास्थ्य सेवा प्रभावित छ भने अर्कोतर्फ उत्पादित जनशक्ति जागिर नपाएर विभिन्न खाले शोषणको सिकार भएको छ, दक्ष जनशक्ति विदेश पलायन भइरहेको छ।
बर्थिङ सेन्टरहरू पूर्ण रूपमा संचालित छैनन्, सबैतिर दक्ष सेवा प्रदायक पनि छैनन्। कमजोर पूर्वाधारका कारण कर्णाली प्रदेशमा करीब ४२ प्रतिशत स्थायी दरबन्दी रिक्त छन्, खासगरी विशेषज्ञ चिकित्सकहरूको। अन्य धेरै सेवा करारका कर्मचारीले धानेका छन्। यहाँको दरबन्दीमा जागिर खाने तर अन्यत्रै काम गर्ने समस्या पनि छ।
सूचना प्रविधिको कुरा गर्दा यहाँ तथ्यांक संकलन र विश्लेषण राम्रै भएको देखिन्छ, तर तथ्यांकको प्रचार प्रसार र प्रयोगमा थप मेहनत गर्नुपर्ने अवस्था रहेछ। उदाहरणका लागि( बालस्वास्थ्यमा तौल नापजाँच गर्ने बालबालिकाको सङ्ख्या हरेक वर्ष निकै कम देखिन्छ, तर ती तौलजाँचमा नआएका बालबालिका समक्ष पुग्ने खालका प्रभावकारी कार्यक्रम नपुगे जस्तो छ। यति भन्दै गर्दा टेलिमेडिसिनका माध्यमबाट दुर्गम क्षेत्रसम्म पुग्ने पहलकदमीलाई राम्रो मान्नु पर्छ, तर यो सेवाको प्रभावकारिताको मूल्याङ्कन हुनु जरुरी छ।
गुणस्तरयुक्त सेवा प्रवाहका लागि सक्षम नेत्रित्व , व्यवस्थापनको राम्रो सीप र आवश्यक पूर्वाधार सबै चाहिन्छन्। समुदायको सहभागिता र खबरदारीको ठूलो महत्व छ। कर्णाली प्रदेशमा यी सबैकुरा क्रमशस् सुधार हुँदै गएको देख्दा खुशी लागेको छ। यो सुधारको प्रक्रिया अझ द्रूत गतिमा अघि बढाउन सकेमा सुनमा सुगन्ध थपिनेछ।
कागजी रूपमा र भाषणमा मात्रै सीमित नभएको, योजना अनुसार नतिजा देखाउन सक्ने, भ्रष्टाचार र भ्रष्टाचारीलाई तिरस्कार र कारबाही गर्न सक्ने दृढ राजनीतिक इच्छा शक्ति भएको नेता समतामूलक एवं स्वस्थ समाजको अनिवार्य शर्त हो। विभिन्न तहका सरकार, निर्वाचित जनप्रतिनिधि सबैले जवाफदेही भएर आ(आफ्नो जिम्मेवारी सम्हालेमा स्वस्थ कर्णालीको सपना साकार हुनेछ, आमाहरूले अकालमा मृत्युवरण गर्नुपर्ने छैन। लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका निर्वाचित जनप्रतिनिधिहरू यस तरफ सचेत हुनुहुनेछ भन्ने मेरो विश्वास छ।
मातृमृत्यका प्रमुख कारणहरू मध्ये तीन ढिलाइ मुख्य कारक हुन् । पहिलो ढिलाइ स्वास्थ्य जाँच र सेवा लिने निर्णय गर्न ढिलाइ, दोस्रो ढिलाइ निर्णय गरेता पनि स्वास्थ्य संस्थामा पुग्न ढिलाइ, तेस्रो ढिलाइ( स्वास्थ्य संस्थामा पुगेपनि उपचार पाउन ढिलाइ। यी सबैलाई सम्बोधन गर्न आफ्नो अनुभवका आधारमा केही सुझाव दिन चाहन्छु।
१। परिवारले गर्भवती महिलाले स्वास्थ्य सेवा पाउनैपर्छ भन्ने सोच राखेर आर्थिक व्यवस्थापन लगायतका पूर्वतयारी गरिराखेमा सेवा लिने निर्णय गर्न ढिलाई हुँदैन, महिला समयमै स्वास्थ्य संस्था पुग्छिन्, अनि आमा र बच्चा दुवैको ज्यान बचाउन सजिलो हुन्छ। साथै सुत्केरीको हेरचाहमा विशेष ध्यान पुर्याएर मातृ(नवजात शिशुको स्वास्थ्य सामान्य राखी मृत्य हुनबाट जोगाउनुपर्छ। सकेसम्म नर्सद्वारा होम भिजिट गराएर सुत्केरीको ज्वरो, संक्रमण र रक्तचाप जाँचका साथै नवजात शिशु जाँच गरिनुपर्छ।
२। प्रदेशमा रहेका हजारौं महिला स्वास्थ्य स्वयंसेविका, सैयौं गैरसरकारी संघसंस्था र वडा वडामा रहेका जनप्रतिनिधिका सञ्जाल मार्फत व्यापक रूपमा स्वास्थ्य चेतना जगाउने, छोरा र छोरीलाई समान व्यवहार गर्ने, बालविवाह निरुत्साहित गर्ने, महिला शिक्षा र स्वरोजगार, रक्त अल्पतामुक्त बालबालिका र महिला, स्वस्थ जीवनशैली र खानपान आदिबारे जागरण अभियान चलाएर कर्णालीलाई रोग मुक्त बनाउँदै यसको पुरानो गरिमालाई पुनर्स्थापित गर्न सकिन्छ।
३। स्वस्थ रहनु आफनो जम्मेवारी भन्ने बुझी सबैले सरसफाइ, पोषण र महिलाको प्रजनन स्वास्थप्रति विशेष चनाखो रही स्वच्छ जीवनशैली अपनाउन जरुरी हुन्छ। जीवनशैलीमा आधारित रोग पुरुष महिला दुवैलाई लाग्न सक्ने हुनाले शारीरिक श्रम गर्ने, दुर्व्यसन मुक्त रहने, तनावमुक्त रहने, सकारात्मक सोच राख्ने, सन्तुलित खाना खाने र समय समयमा चिकित्सकसँग परामर्श र आवश्यक परीक्षण गराई रोग लाग्नै नदिने, र लागि हालेमा पनि छिटो निदान र उपचार लिने गर्नुपर्दछ।
४। सेवा प्रवाहको प्रक्रिया बारे सम्पूर्ण जनतालाई सुसूचित गर्ने। नेपाल सरकारले सम्पूर्ण जनताका लागि व्यवस्था गरेको आधारभूत सेवा घर नजिकैको स्वास्थ्य संस्थाबाट लिने हो, त्यो निशुल्क पाउनुपर्छ। त्योभन्दा माथिको सेवा चाहिने रहेछ भने तल्लो तहको स्वास्थ्य संस्थाले सिफारीस गरी पठाएमा मात्र माथिल्लो संस्थामा जाने हो।
यसो गर्दा माथिल्लो स्वास्थ्य संस्थामा अनावश्यक चाप कम भई बीमा लगायतका कार्यक्रम मार्फत् जनताले सहज रूपमा सेवा लिन सक्ने छन्। थोरै सङ्ख्यामा रहेर असंख्य बिरामीको सेवा गर्नुपर्ने चिकित्सक र स्वास्थ्यकर्मीले पनि कडाखालका रोग लागेका बिरामीको लागि पर्याप्त समय दिएर सेवाको गुणस्तर सुधार्न सक्ने छन्।
५। बर्थिङ सेन्टरले मात्रै जटिलताको व्यवस्था गर्न सक्दैनन्, यसर्थ स्थानीय र प्रदेश सरकारको सहकार्यमा जटिल सुत्केरी समस्याको उपचार गर्ने व्यवस्था गर्दै समुदायलाई पायक पर्ने हिसाबले नीजि र सरकारी अस्पतालको प्रेषण संजाल बनाउनु उपयुक्त हुन्छ। सञ्जाल अस्पतालसम्म पुग्न आवश्यक एम्बुलेन्स, सञ्चार सुविधा, आर्थिक स्रोतको सुनिश्चितता गरिनुपर्दछ। प्रेषणका लागि वर्तमान हेलिकोप्टर उद्धार कार्यक्रममा देखिएका व्यावहारिक समस्या हटाउँदै लगिनुपर्छ।
६। स्वास्थ्य संस्थामा दक्ष सेवाप्रदायक, औषधि, उपकरणहरूको कमी छ। ती कमीहरूको पूर्ति गरिनुपर्दछ। मेडिकल कलेज, प्रदेश अस्पताल, जिल्ला अस्पताल, स्थानीय स्वास्थ्य संस्थाहरू विभिन्न तहका सरकार अन्तर्गत सञ्चालन हुने हुँदा यी सबै तहका सरकार बीच राम्रो सहकार्य हुनु जरुरी छ। त्यसो भएमा प्रदेश भरी छरिएर रहेका जनशक्ति लगायत अन्य स्रोतको उचित प्रयोग गराएर तिनबाट प्रदेशका सबै जनताले उचित प्रतिफल प्राप्त गर्न सक्नेछन्।
७। माथि उल्लेख गरिएका वित्तीय व्यवस्थापन, जनशक्ति, सूचना प्रविधि, सुशासन, समुदायको सहभागिता र सेवा प्रवाहरूपी बलिया खम्बाहरूको निरन्तर अनुगमन र सुदृढीकरण गरिनुपर्छ। सुदृढ प्रणालीले मातृ स्वास्थ्य मात्र नभई सबै जनताको स्वास्थ्य उपचार सहज, सफल र किफायती बनाउँछ।
अन्त्यमा, एक पुरुष लेखकको उत्तम विचार कविताका केही हरफ सापटी लिएर आफनो भनाइलाई बिट मार्न चाहन्छु-
चौको छोडी उठ अब तिमी आँट नौलो लिएर
बोक्ने छैनौ कहर मनमा अश्रुधारा पिएर ।
नारी नै हुन् असुरवधनी दिव्य काली समान
नारी श्रष्टा अचल धरणी सृष्टिकी हुन् मुहान।
सृष्टिका मुहान नारी जातिको स्वास्थ्यको महत्व सर्वाधिक उच्च छ भन्दा फरक नपर्ला, किनभने नारी जातिले नै मातृत्वको स्नेहद्वारा देशका भावी सन्ततिको लालन पालन गर्छन्, शिक्षादीक्षा दिएर देश विकास गर्न सक्षम एवं सुसंस्कृत नागरिक तयार पार्छन्।
यति मात्र नभएर आमा र नवजात शिशुको स्वास्थ्य स्थितिले कर्णाली प्रदेशको स्वास्थ्यको यथार्थ चित्र देखाउँछ, अनि कर्णालीको चित्र जोडेपछि मात्र समग्र देशको स्वास्थ्य र विकासको तस्वीरले पूर्णता प्राप्त गर्छ। देशको तस्वीरलाई पूर्णताको उज्यालो दिन कर्णालीको स्वास्थ्यका लागि र पितृसत्त्ताले थोपरेका नकारात्मक असर हटाउनका लागि जिम्मेवारी पूर्वक सबैले आ(आफ्नो दायित्व निर्वाह गरौं। यसो भएमा कर्णाली प्रदेशले स्वास्थ्य सेवामा सफलताको उच्चतम उदाहरण दिंदै पूर्वजले कायम गरेको ऐतिहासिक गरिमालाई थप उचाइमा लैजान सफल हुनेछ भन्ने मेरो विश्वास छ।
(पूर्वसचिव एवं प्रसूति तथा स्त्रीरोग विशेषज्ञ शर्माले कुडा कर्नालीकामा स्वास्थ्य क्षेत्रको विकास, चुनौती र सम्भावनाहरूका सन्दर्भमा व्यक्त विचार)