दैलेख। मंगलबार साँझ ७:३० बजे दैलेख बजार स्थित माहाबु मेडिसिन सप्लायर्समा आगलागी भएको छ। सप्लायर्सको स्टोर कोठामा विद्युत सर्ट भई आगजनी भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
आगलागीबाट ७० लाख बराबरको क्षति भएको सप्लायर्सका सञ्चालक असीम डिसिले जानकारी दिए।
उनका अनुसार स्टोरमा राखिएका औषधि तथा औषधिजन्य सामग्रीहरु जलेर नष्ट भएका छन्।
आगलगी भएको करिब १ घण्टा पछि नियन्त्रणमा आएको थियो। त्यसबाट मानवीय क्षति भने हुन सकेन।