सुर्खेत । याम विसी स्मृति प्रतिष्ठान र बास कर्णाली प्रदेशले रक्तदान कार्यक्रम आयोजना गरेका छन् । सहिद दिवसको सन्दर्भमा मंगलबार वीरेन्द्रनगरस्थित पिपलचौतारामा रक्तदान गरिएको हो ।
रक्तदान कार्यक्रममा २० पिन्ट रगत संकलन भएको प्रतिष्ठानका अध्यक्ष भगवती विसीले जानकारी दिईन् । उपचारका क्रममा रगत अभाव हुने समस्यालाई मध्यनजर गरि रक्तदान कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।
रक्तदान गर्नेहरुमा रमेश सापकोटा, सिर्जना शाही, धिरेन्द्र अधिकारी, लक्षमण कँडेल, चित्र बहादुर विसी, निर्मल नेपाली, सुशील सुनार, श्रीकृष्ण केसी, ललिता विश्वकर्मा, केशव शर्मा, उपेन्द्र विक, जिवराज केसी, आशिष महत, मानबहादुर खड्का, निमबहादुर बुढा, लक्ष्मण कँडेल, धनबहादुर ढेङ्गा मगर र चेतकुमार विष्ट रहेका छन् ।