वाग्मती। राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएको छन् ।
हेटौंडा–४ स्थित भुटनदेवी उमाविमा भएको निर्वाचनबाट नेपाली कांग्रेसले महिलातर्फ बिष्णुदेवी पुडासैनी र अन्यमा जीतजंग बस्नेत, नेकपा माओवादी केन्द्रले अपांङ्गतर्फ श्रीकृष्णप्रसाद अधिकारी र समाजवादीबाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन् ।
महिलातर्फ विजयी पुडासैनीले ६६२२ मत र अन्यमा बस्नेतले ६५३१ मत, अपांङ्गतर्फ अधिकारीले ६३८३ मत र दलित रिजालले ६५१२ मत प्राप्त गरेका थिए ।
एमालेबाट महिलातर्फ उम्मेदवार रोचकुमारी चौलागाईंले २५५२ मत, दलिततर्फ ध्रुवराज विकले ३०५२ मत, अपाङ्गतर्फ त्रिलोचन निर्मल पौडेलले २७३४ मत अन्यतर्फ विवेक देवकोटाले २३५९मत प्राप्त गरे ।निर्वाचनमा ६ दलका १५ जनाले प्रतिस्पर्धा गरेका थिए ।