कर्णाली। राष्ट्रिय सभा निर्वाचनमा महिला तर्फ सावित्री मल्ल विजयी भएकी छन्। सत्तारुढ गठबन्धन अन्तर्गत एकीकृत समाजवादी पार्टीका तर्फबाट मल्ल उम्मेदवार थिइन्।
मल्लको विजयी घोषणा हुन बांकी छ। तर, मतगणना भने सकिएको हो।
आज भएको मतदानमा तीन हजार ७२२ मतभर प्राप्त गरेकी छन्। उनले २९ प्रदेश सभा सदस्य बराबर एक हजार ५३७ मातभर र ११५ स्थानीय तह मतदाता बराबर दुई हजार १८५ मतभार प्राप्त गरिन्।
प्रतिस्पर्धी नेकपा एमालेकी विमला शाहीले एक हजार ३६२ मतभार प्राप्त गरिन्। उनले ११ प्रदेश सभा सदस्य बराबर ५८३ मातभार र ४१ स्थानीय तह मतदाता बराबर ७७९ मतभार प्राप्त गरी पराजित भइन्।
यस्ताे छ राजनीतिक पृष्ठभुमी
नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बनेकी सावित्री मल्ललाई स्थानीय सरकार सञ्चालनको अनुभव छ। उनी २०७४ सालको स्थानीय तह निर्वाचनबाट दैलेखको नारायण नगरपालिकाको उपप्रमुख निर्वाचित भएकी थिईन्। त्यतिबेला उनी नेकपा एमालेमा थिईन्।
२०४३ सालमा नेपाल मजदुर किसान पार्टीमा आएर मल्लले राजनीतिक यात्रा सुरु गरेकी हुन्। उनी ०५४ सालमा जिल्ला विकास समितिको सदस्य बनिन्।
२०६२/६३ को जनआन्दोलनका क्रममा दैलेखमा सुरुमा गिरफ्तार भएकी थिईन्। उनी प्रहरी हिरासतमा पनि बसिन्।
एमालेमा फुटको अवस्था आएपछि उनी माधव नेपालको पक्षमा उभिईन्। अहिले उनी नेकपा (एस) को केन्द्रीय सदस्य तथा दैलेख ईञ्चार्ज छिन्।