सुर्खेत। ललितपुरकाे बालकुमारीमा भएकाे प्रदर्शनका क्रममा ज्यान गुमाएका दैलेखकाे महाबु गाउँपालिका-६ का सुजन रावतकाे परिवारलाई कर्णाली प्रदेश सरकारले दुई लाख रूपैँया राहत रकम दिने घाेषणा गरेकाे छ।
यसका लागि मन्त्रिपरिषद्काे निर्णय भने भइसकेकाे छैन। मुख्यमन्त्री राजकुमार शर्माकाे निर्देशन र आर्थिक मामिला तथा याेजना मन्त्रालयकाे सहमतिमा आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा राहात रकम दिने प्रयाेजनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गरिएकाे सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए।
उनका अनुसार आगामी बस्ने मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक निर्णय गर्नेछ।