सुर्खेत। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सुर्खेतको नयाँ कार्यसमिति चयन भएको छ । संघको शनिवार वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनले दिलबहादुर थापा अध्यक्ष रहेको १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा विन्दु नेपाल र चेतन कँडेल तथा सचिवमा महेश अधिकारी चयन भएका छन् ।
त्यस्तै, अधिवेशनले सहसचिवमा बिक्रम खड्का र कोषाध्यक्षमा देवेन्द्र शर्मालाई चुनेको छ । समितिको सदस्यमा दिनेशप्रसाद जोशी, मनवीर नेपाली, नरबहादुर बस्नेत, विमला कुमारी थापा (शाही), भक्तबहादुर मल्ल, महेन्द्रबहादर शाही र लक्ष्मी दाहाल चुनिएका छन् । समितिले पुस्तक तथा तथा स्टेशनरी व्यवसायमा आवद्धहरुको हकहित र व्यवसायीक तथा संस्थागत विकासका लागि ठोस योजना बनाएर काम गर्ने उद्देश्य लिएको नवनिर्वाचित सचिव अधिकारीले बताए ।