सुर्खेत । गएराती जाजरकोट केन्द्रविन्दु बनाएर आएको भुकम्पका कारण मृत्यु हुनेको संख्या १३७ पुगेको छ । मध्यान्ह १२ बजेसम्म प्राप्त विवरण अनुसार जाजरकोटमा ६९ महिला र ३० पुरुष गरी ९९ जना र रुकुम पश्चिममा १९ महिला, १९ पुरुष गरी ३८ जनाको मृत्यु भएको कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
मन्त्रालयस्रोतका अनुसार जाजरकोटमा ८१ जना, रुकुमपश्चिममा ७२ जना, दैलेखमा दुई जना, सल्यान १ र जुम्लामा ५ जना घाइते भएको छन् ।
दैलेखमा दुई वटा घर आंशिक क्षती भएको छ । सल्यानमा सात घर पूर्ण र ३५ घर आंशिक क्षती भएका छन् भने जुम्लामा पनि केही घरहरु आंशिक क्षती भएका छन् । सबैभन्दा बढी क्षती भएको जाजरकोट र रुकुम पश्चिमको भने विवरण संकलन हुन बाँकी छ ।