सुदूरपश्चिम। जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा प्रभावित भएकाहरूको राहतका लागि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ प्रदान गर्ने भएको छ ।
उद्धार, राहत र पुनःस्थापनाका लागि सुदूरपश्चिम सरकारले उक्त रकम सरकारी कोषमा जम्मा गर्ने भएको हो ।
सामाजिक विकास मन्त्री झपटबहादुर साउदले स्वास्थ्य उपचारमा सहयोग गर्न औषधिसहित २० जना स्वास्थ्यकर्मीको टोली आजै धनगढीबाट भूकम्प प्रभावित क्षेत्रमा पठाउन लागिएको बताए।