सुर्खेत । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्यको सम्पुर्ण शक्ति भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमा केन्द्रित रहेको बताए ।
सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले प्रधानमन्त्री जाजरकोट पुगिसकेको र आफु सुर्खेत विमानस्थलमा खटिएको बताए । खड्का शुक्रबार नै सुर्खेत आएका थिए ।
खड्काका अनुसार अहिले नेपाली सेनासँग भएका चार वटा हेलिकप्टोरहरु घाइतेको उद्धारका लागि खटाइएको छ । सेनाको जनशक्ति प्रभावित क्षेत्रमा पठाउने काम भइरहेको पनि उनले बताए ।
यस्तै सुर्खेतमा रहेको सानो हेलिकप्टोरबाट घाइतेहरुलाई उद्धार गर्ने कार्य भइरहेको छ ।
साथै उनले राहतको काम पनि तत्कालै सुरु गर्ने गरि कामहरु अघि बढ्ने बताए ।