सुर्खेत । भुकम्पका कारण जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी सन्तोष रोकाका अनुसार खलंगास्थित बसेको घर भत्किदाँ उनको मृत्यु भएको हो ।
घाइते उपप्रमुख सिंहको अस्पताल ल्याउने क्रममा मृत्यु भएको डिएसपी रोकाले बताए ।
नलगाड घर भएकी सिंह कामको सिलसिलामा सदरमुकाम खलंगा आएकी थिईन् ।
हामीलाई प्राप्त पछिल्लो विवरण अनुसार जाजरकोट केन्द्रविन्दु बनाएर आएको भुकम्पमा ज्यान गुमाउनेको संख्या कम्तिमा ३५ रहेको छ ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका १४ र रुकुमकै सानीभेरी नगरपालिकामा पाँच जनाको मृत्यु भएको छ ।
यस्तै, जाजरकोटको भेरी नगरपालिकाका ९ जना र कुशे गाउँपालिकामा सात जनाको मृत्यु भएको छ ।
रूकुमको आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार वडा नम्बर ११ मा सबभन्दा बढी सात जनाको मृत्यु भएको छ भने वडा नम्बर १२ मा चार जना र वडा नम्बर १३ मा तीन जनाको मृत्यु भएको छ ।