सुर्खेत । आर्थिक वर्ष २०८०/८१ मा वीरेन्द्रनगर नगरपालिका १ देखि १२ नम्वर वडा भित्रका ४४ वटा साना सडकहरु स्तरोन्नती हुने भएका छन् । संघीय सरकारद्वारा विनियोजित बजेटमा उक्त सडकहरु स्तरोन्नती हुने भएका हुन् ।
वीरेन्द्रनगर स्थित संघीय आयोजना कार्यान्वयन इकाई, सुर्खेतले उक्त ४४ वटा सडक स्तरोन्नतिका लागि ३० करोड रुपैयाँ लागत रहनेगरी ठेक्का सम्झौता गरेको छ ।
३० करोड दुई लाख ६७ हजार पाँच सय १४ रुपैयाँ लागतमा खड्का–केएसके जेभी, बाँकेसँग ठेक्का सम्झौता गरिएको संघीय आयोजना कार्यान्वयन इकाई, सुर्खेतका ईञ्जिनियर गोकर्ण थापाले जानकारी दिए ।
साथै, इकाईले सडक स्तरोन्नती कार्य प्रस्ताव गरेको छ । हाल कार्यालयले यस विषयमा वातावरण अध्ययन कार्य भईरहेको जनाएको छ । त्यसका लागि सुझाव सङ्कलनको कार्य भईरहेको बताइएको छ ।