सुर्खेत। बाढी र पहिरोको जोखिममा रहेका ३४ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जुम्लास्थित सघन सहरी तथा भवन निर्माण आयोजनाले कार्यालयका अनुसार मुगुको छायानाथ रारा नगरपालिका–१२ लुम्सा गाउँका विस्थापित परिवारलाई कार्मारोङ गाउँपालिका–९ स्थित चिमाथमा बस्ती सारिएको हो ।
आयोजना कार्यालयको बस्ती विकास कार्यक्रमबाट ती बस्तीहरु स्थानान्तरण गरिएको सब–इन्जिनियर चन्द्रबहादुर खड्काले जानकारी दिए । दलित आवास कार्यक्रमबाट प्रतिघर रु पाँच लाखका दरले सो वडाका घरहरु निर्माण गरिएको हो ।
विभिन्न समयमा लुम्सा गाउँमा आएको भीषण पहिरोबाट गाउँ निकै जोखिम रहेको थियो ।
नयाँ घर र बस्ती नै परिवर्तन भएपछि छायानाथ रारा नगरपालिका–१२ लुम्सा गाउँका स्थानीयवासीमा खुसी छाएको उक्त गाउँका स्थानीयवासी बताउँछन् ।
गाउँमा खानेपानी र सडक समेत विस्तार गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले जनाएको छ ।