सुर्खेत। वीरेन्द्रनगर स्थित सहिद स्मृति पार्कमा प्रदेश प्राप्तिका लागि ज्यान गुमाएका सहिदहरुको प्रतिमा राखिनुपर्ने बताइएको छ। कर्णाली प्रदेश सभा सदस्य एबम् सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले प्रदेश स्थापना दिवसको अवसरमा सहिद पार्कमा आयोजित दीप प्रज्वलन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उक्त धारणा व्यक्त गरेका हुन्।
लियो क्लब अफ भैरवस्थान, कर्णाली हिरा, वीरेन्द्रनगर जेसीजको संयुक्त आयोजना तथा पनेपाल बाल संगठन सुर्खेत को सहकार्यमा प्रदेश स्थापनाको विषयमा अन्तक्रिया कार्यक्रम गरेको थियो।
सांसद भण्डारीले सरकारभन्दा कर्णालीका नागरिकले सहिदको सम्झनामा पार्क अवलोकन हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रमुख अतिथी भण्डारी सहित शंकर आचार्य, उपेन्द्र खड्का, लोकेश गिरी, सागर पौडेल, युवत् वली, प्रहरी निरिक्षक मिलन पाण्डे,ललित भट्टराई, लियो क्लबका पूर्व अध्यक्ष सुचिता रोकाय लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरुले कर्णाली प्रदेश स्थापनामा सहिदहरुको अमुल्य योगदान रहेको उल्लेख गरे।