सुर्खेत। सुर्खेत महिला जेसीजको ‘जेसीज सप्ताह-२०२३ु’ सुरू भएको छ। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलद्वारा उद्घाटन कार्यक्रम आयोजना गरी सप्ताह सुरू भएको हो।
सामाजिक, सांस्कृतिक विधामा सक्रिय महिला जेसीजले वार्षिक रूपमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दै आएको छ । त्यसअनुसार वर्ष २०२३ का लागि आयोजना हुने सप्ताहव्यापी कार्यक्रमको शुक्रबार उद्घाटन भएको हो ।
जेसीज सप्ताहको उद्घाटन गर्दै मन्त्री पोखरेलले समाज रुपान्तरणका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताए । समाजमा नकरात्मक क्रियाकलाप बढ्दै गएको बताउँदै त्यसलाई सही मार्गमा ल्याउन सक्रिय हुनुपर्ने बताए ।

‘यो मेरो समाज हो, मेरो देश हो, देश बनाउने मैले हो भन्ने भावनाको विकास हुनु जरुरी छ,’ मन्त्री पोखरेलले भने, ‘नकारात्मक सोच समाज र देशका लागि घातक छ भन्ने कुरा युवाहरुले बुझ्न आवश्यक छ ।’ उनले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा जेसीजको भूमिका महत्वपूर्ण रहेको बताउँदै समाजलाई सही दिशातर्फ डो¥याउनका लागि पनि भूमिका खेल्न आग्रह गरे ।
मन्त्री पोखरेलले सुर्खेत महिला जेसीजले महिलाको नेतृत्व क्षमतामा महत्वपूर्ण भूमिका खेलेको बताउँदै यसलाई गाउँगाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता औल्याए । सुर्खेत महिला जेसीजका अध्यक्ष सीता भण्डारीले सात दिनसम्म विविध कार्यक्रम गरेर जेसीज सप्ताह मनाइने बताइन् ।
उद्घाटनसँगै पहिलो दिन वीरेन्द्रनगस्थित एसओएस हर्मन माइनर विद्यालयमा वक्तित्वकला प्रतियोगीताको आयोजना गरिएको थियो ।
‘बलियो राष्ट्रका लागि सवल महिला’ शीर्षकमा आयोजित प्रतियोगीतामा १० विद्यालयका २० छात्राहरुले भाग लिएका थिए ।
वक्तित्वकला प्रतियोगीतामा सैनिक आवासीय माविका प्रजिना खड्का प्रथम, सुर्खेत होराइजन एकेडेमीकी अस्मिता ऐडी,
अमरज्योति माविकी तारा भट्टराई तृतीय भ एभने एसओएस विद्यालयका भावना भण्डारी सान्त्वना भए ।
कार्यक्रममा वीरेन्द्रनगर जेसीजका अध्यक्ष डिलु ढुंगना, एसओएस बालग्रामका निर्देशक गोपाल घिमिरे, एसओएस हर्मन माइनर विद्यालयका प्राचार्य हरिहर बस्नेत, सुर्खेत महिला जेसीजका पूर्व अध्यक्षहरुलगायतको सहभागीता रहेको थियो ।
यस्ता छन् यसपछिका सप्ताहव्यापी कार्यक्रम
सप्ताहव्यापी कार्यक्रम अन्तरगत शनिबार साउन २७ गते जन नमुना माध्यामिक विद्यालयमा मनोसामाजिक सु-स्वास्थ्य तालिम आयोजना गरिएको छ ।
साउन २९ गते बृद्धाआश्रममा भजन कार्यक्रम आयोजना गरिएको छ । ३० गते वीरेन्द्रचाेकमा ट्राफिक सचेतना कार्यक्रम । ३१ गते भानुपार्कमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ ।
यस्तै, भदौ १ गते ओसो मेडिटेसन हुने छ भने २ गते उत्कृष्ट महिला सम्मानको कार्यक्रम र सोहि दिन समापन कार्यक्रम हुने सुर्खेत महिला जेसीजकी अध्यक्ष सीता भण्डारीले जानकारी दिईन् ।
