काेशी। काेशी प्रदेशकाे मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन्। नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार बिहान प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष पद तथा गाेपनियताकाे शपथ लिने भएका छन् ।
उनले जनता समाजवादी पार्टी बाहेक गठबन्धन दल कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) बाट १/१ जना मन्त्रीसहित ४ सदस्यीय मन्त्रिमण्डल बनाएर मुख्यमन्त्रीमा नेता थापाले शपथ लिने तयारी गरेकाे जनाइएकाे छ ।
थापाले गठबन्धनान रहेका प्रत्येक दलबाट एक/एक जना मन्त्री नियुक्त गरेर मन्त्रिमण्डल गठन गरि शपथ ग्रहण गर्ने तयारी गरेकाे बताए । तर जनता समाजवादी पार्टीले पहिचान पक्षधरकाे माग सम्बाेधन नभएसम्म सरकारमा सहभागी नहुने जनाएकाे छ ।
माओवादीबाट सभामुखबाट राजीनामा दिएका बाबुराम गाैतम आर्थिक मामिला तथा याेजनामन्त्रीमा, कांग्रेसबाट अघिल्लाे सरकारका बिना विभागीयमन्त्री बनेका प्रदिपकुमार सुनुवार र नेकपा (एकीकृत समाजवादी) कमलप्रसाद जबेगु मन्त्रीमा जाने दलहरूले जनाएका छन् । तर दलहरूकाे बैठकले मन्त्रीमा काे काे जाने विषय दलकाे बैठले टुंग्याउने जनाएकाे छ ।
संविधानकाे धारा १६८ काे उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलकाे समर्थनमा मुख्यमन्त्रीमा थापालाई प्रदेश प्रमुख खापुङ्ले मंगलबार नियुक्त गरेका थिए।