काेशी। कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सभामुख गाेतमले पदबाट दिएको राजीनामा प्रदेशसभा सचिवालयमा दर्ता भएको बताए ।
गौतमले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालको सल्लाह र आग्रहका साथै प्रदेशको जटिल परिस्थितिबाट निकास दिन राजीनामा दिएको बताए । उनले आफ्नाे राजीनामा निकास नभएको तर परिस्थितिवस राजीनामा दिएको बताए ।
राजीनामा दिएपछि गठबन्धन दलको समर्थनमा कांग्रेसका नेतम उद्धब थापाले प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष मुख्यमन्त्रीमा नियुक्तिका दावी पेस गर्न जाने तयारी थालेका छन् ।
उनको राजीनामाले गठबन्धन दल कांग्रेस नेता थापालाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दावी पेस गर्न बहुमत पुगेको छ ।
सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ । तर गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्याएको हो ।
एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन् ।