सुर्खेत। कर्णाली प्रदेशमा विद्युत सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक टेबुल भएको छ । सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले आज बसेको संसद बैठकमा विधेयक टेबुल गरेका हुन् ।
प्रदेशस्तरमा जलस्रोत तथा नविकरणीय ऊर्जाका स्रोतको दीगो रुपमा अधिकतम् र उचित परिचालनका माध्यमबाट उत्पादन, प्रसारण र वितरणलाई प्रवर्द्धन गरी वातावरणमैत्री, नियमित भरपर्दो र सुरक्षित विद्युत सेवा प्रदानका लागि विद्युत सम्बन्धी विधेयक बनाउन आवश्यक भएको मन्त्री जिसीले बताए ।
अब विधेयक उपर सभामा छलफल गरी पारित भएर प्रदेश प्रमुखद्वारा प्रमाणीकरण भएमा कर्णाली प्रदेशको छुट्टै विद्युत ऐन बन्ने छ ।