रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ को बाँसथलामा पहिरो खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
आईतबार दिउँसो पौने तीन बजे घारीखोला भन्दा माथिको भिरालो ठाउँमा घाँस काट्ने क्रममा पहिरोसंगै खस्दा स्थानीय दुई स्थानीयको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार स्थानीय ४४ वर्षीय कालीबहादुर खड्का र सोही स्थानकी ४५ वर्षीया धनमाया खत्रीको मृत्यु भएको हो ।
दुबै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर सोही स्थानकी ४२ वर्षीया बलकुमारी खत्री घाइते छन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले लगिदै छ ।
प्रहरीका अनुसार घाँस काट्ने क्रममा टेकेको ठाउँ भासिएर तीनै जना पहिरोसंगै खसेका थिए । तीनै जना करिब ५ सय मिटर तल खसेको र ढुंगाले च्यापिएको अवस्थामा फेला परेका हुन् ।