सुर्खेत । कर्णाली प्रदेश सभा नियमावलीलाई संशोधन गर्नका लागि समिति गठन भएको छ । आईतबार बसेको प्रदेश सभा बैठकमा हिक्मतबहादुर विष्टले संशोधन समितिका लागि प्रस्ताव पेश गरेका हुन् ।
नेपाली काङ्ग्रेका सचेतक समेत रहेका शाहीले प्रस्ताव गरेको समितिको नेकपा एमाले सांसद टेकराज पछाईले समर्थन जनाए ।
प्रदेश सभा नियमावली समयानुकुल संशोधन हुन बाञ्छनीय भएकोले समिति गठन हुन आवश्यक रहेको बताईएको छ । उक्त समितिले आजका मितिदेखि तीन महिनाभित्र कार्य सम्पन्न हुने जनाएको छ ।
नियम २३६ बमोजिम उपनियम ३ बमोजिम गठित समितिको सदस्यमा कल्याणी खड्का, टेकराज पछाई, देवेन्द्र शाही, पुर्णबहादु खत्री, महेन्द्र केसी, रनसिंह परियार, विनोद कुमार शाह, सन्तोषी शाही र हिक्मतबहादुर विष्ट रहेका छन् ।
नियमावली संशोधन समिति गठनका लागि संसदमा प्रस्ताव भई निर्णयार्थ प्रस्तुत भएको थियो । प्रस्तुत प्रस्तावलाई संसदको बहुमत सदस्यद्वारा अनुमोदन भएको सभामुख नन्दा गुरुङ्गले सुनाईन् ।