दैलेख। दैलेखकाे गुराँस गाउँपालिका-१ सेप्टीमा विषालू च्याउ खाएर मृत्यका भएका व्यक्तिका परिवारलाई राहत रकम सहयाेग गरिएकाे छ। सेप्टी स्थायी घर भएका पूर्णबहादुर तारामी मगर, तुलबहादुर ढेंङ्गामगर र दलबहादुर ढेङ्गामगरकाे विषालू च्याउ खाएर भारतमा मृत्यु भएकाे थियाे।
राेजगारीका लागि भारत पुगेका उनिहरूकाे मृत्युपछि अभिभावक विहीन बनेका परिवारका सदस्यलाई ५६ हजार सात सय रूपैँया नगद सहयाेग गरिएकाे बताइएकाे छ।
कर्णाली प्रदेश सभा समाजिक विकास समिति सभापति एवंम् प्रदेश सभा सदस्य घनश्याम भण्डारी, प्रदेश सभा सदस्य पूर्णबहादुर खत्री, डुङ्गेश्वर गाउँपालिकाका निवर्तमान अध्यक्ष नगेन्द्रबहादुर मल्ल, नेपाल रेडक्रस जिल्ला शाखा दैलेखका सभापति निराजनकुमार खत्री, वासुदेव शर्मा, लक्ष्मी पुन मगर, इन्द्रबहादुर थापा, राजेश राना, हेमशंकर अधिकारी, गगन बुढा, सुवर्ण शाही, सुनिलराज विसी, महेन्द्रकुमार राना, कर्णबहादुर राना, भिम थापा, धिमराज जाल्मीमगर, प्रेम राम्जाली, एकराज रेग्मी, प्रकाश वली र युवराज तिमिल्सेना लगायतले स्वेच्छिक रकम संकलन गरी हस्तान्तरण गरेका हुन्।