सुर्खेत। नेपाल राष्ट्रिय मगर संघको १७ औं स्थापना दिवस मनाइएको छ । संघको प्रदेश कार्यसमितिले सुर्खेतस्थित प्रदेश अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरी दिवस मनाएको छ ।
कार्यक्रममा २४ जनाले रक्तदान गरेको प्रदेश कार्यसमितिका सचिव महेन्द्रकुमार रानाले जानकारी दिए ।
कर्णाली प्रदेश सभा समाजिक विकास समितिका सभापति घनश्याम भण्डारीको प्रमुख आथित्यतामा नेपाली कांग्रेस दैलेखका सभापति मणिराम रेग्मी, सचिव खेमराज ओली, दैलेख क्षेत्र नं. १ का सभापति दशरथ खड्का, नेपाल मगर सघका केन्द्रित सदस्य प्रेमराम्जाली लगायतका व्यक्तिहरुको आथित्यता रहेको थियो ।