सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३ का वडाअध्यक्ष विनोदसिंह विष्ट सहित तीन जनाले रकम लुटेको आरोप लागेको छ । स्थानीय खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैँया विष्ट सहित अन्य सुशील गुरुङ र बलिराज शाहीले खोसेर लिएको समितिको आरोप छ ।
समितिका तर्फबाट आरोपित तीन जना विरुद्ध उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मण शाहीले बताए । ‘हिजो अपरान्ह पाँच बजेतिर उजुरी दर्ता भएको छ । एकपक्षीय कुरा सुनेका छौं । आरोपित उनिहरुलाई सम्पर्कमा ल्याउन खोजिएको छ ।’ शाहीले भने, ‘उजुरी पछि हामीले फोन सम्पर्क गर्दा समेत वडाअध्यक्षको फोन स्वीच अफ भनिरहेको छ ।’
तटबन्धन निर्माणको काम सम्पन्न भई उपभोक्ता समितिले मजदुरका लागि दिनुपर्ने रकम विनियोजन गर्ने क्रममा उनिहरुले धम्याएर लिएको उपभोक्ता समितिका सदस्य दीपा खड्काले बताईन् ।