दैलेख । कर्णाली प्रदेश सभा सामाजिक विकास सभापति एवंम् प्रदेश सभा सदस्य घनश्याम भण्डारीले सामुदायिक विद्यालयको शैक्षिक सुधार आवश्यक रहेको बताएका छन् । बिहीबार दुल्लू नगरपालिका–१२ स्थित सुर्योदय माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै भण्डारीले सो बताएका हुन् ।
‘अब सामुदायिक शिक्षा सुधार गरेर अगाडि बढ्नुपर्ने समय आएको छ’ भण्डारीले भने, ‘विद्यार्थी, शिक्षक र अभिभावकको सक्रियतामा शिक्षाको गुणस्तर सुधार गर्न हामी सबैको साथ सहयोगको आवश्यकता रहेको छ ।’
साथै, उनले भाषा, साहित्य, संस्कार र सस्कृतिको आदिभुमी दह लम्सुको गौरवशाली ईतिहास रहेको भन्दै यसलाई थप व्यवस्थित गर्न आग्रह गरे ।
यसैगरी, दुल्लु नगरपालिका कार्यालयले नगरका सबै सामुदायिक विद्यालयका ‘शिक्षक, विधार्थि र अभिभावक प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेको छ । त्यसअन्र्तगत सुर्योदय माविबाट कार्यक्रमको शुभारम्भ गरेको हो ।
शिक्षा क्षेत्रलाई सबल, सफल र गुणस्तरीय बनाउन शिक्षक, अभिभावक र विद्यार्थीहरु बीचको अन्तरसम्बन्धलाई सुधार गर्ने कार्यक्रमको उद्देश्य रहेको बताइएको छ ।
वडा नं. १२ का वडा अध्यक्ष लिलाराम लम्सालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा, सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारी, दुल्लु नगरपालिका प्रमुख भरतप्रसाद रिजाल, उपप्रमुख बिना कार्की, नगरका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपाल, निर्वाचित जनप्रतिनिधि, निवर्तमान जनप्रतिनिधि, राजनीतिक दल लगायतका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरुको आथित्यतामा कार्यक्रम आयोजना गरिएको थियो ।