सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक बजेट तथा कार्यक्रमको मन्त्रालयगत विनियोजन बजेटमाथीको छलफलका लागि कार्यसुची सार्वजनिक गरिएको छ । मंगलबारको प्रदेश सभा बैठकमा सभामुख नन्दा गुरुङ्गले कार्यसुची पेश गरेकी हुन् ।
कार्यसूची अनुसा असार १३ र १४ गते भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथी छलफल हुनेछ ।
असार १५ र १६ गते आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालयको छलफल हुनेछ ।
असार १७ र १८ गते आर्थिक मामिला तथा योजना मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय र भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको छलफल हुनेछ ।
यस्तै, असार १९ र २० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश योजना आयोग, लोकसेवा आयोग र मुख्य न्यायाधीवक्ताको कार्यालयका लागि विनियोजित बजेटबारे छलफल हुने सभामुख गुरुङ्गले जनाईन् ।
सम्बन्धित मन्त्रालयको छलफलमा उठेका कुराहरुमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूचीमा समावेश गरिएको छ ।