रुकुमपश्चिम । कर्णाली प्रदेश मामिला समितिको सभापति कल्याणी खड्का सवार गाडि दुर्घटना भएको छ । खड्काको गृहजिल्ला रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ घारीपाखामा प्रदेश ०२– ००१ झ ००४४ नम्वरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परेर सभापति खड्काको बाँया खुट्टामा चोट लागेको छ । उक्त दुर्घटनामा चौरजहारी–९ स्थित आधारभूत विद्यालय भुवाटाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, सभापति खड्काका स्वकिय सचिव हुकुम बिसी, चालक युवराज गिरी घाइते भएका छन् । उनिहरुको चौरजहारी अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय चौरजहारीले जनाएको छ ।
गाडीमा नौं जना सवार भएको बुझिएको छ । अन्य सबैको अवस्था सामान्य रहेको बताइएको छ ।
त्रिवेणी गाउँपालिकामा आईतबार हुने गाउँसभामा सहभागी हुन सभापति खड्का रुकुम पुगेकी थिईन् ।
गाडीको स्टेरिङ अकस्मात घुमेपछि अनियन्त्रित भई पल्टिएको चालक गिरीको प्रतिक्रिया छ ।