सुर्खेत। कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक भएको छ । शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले प्रदेश सभामा प्रस्तुत गरेको हुन् ।
प्रस्तुतमा बजेट तथा कार्यक्रममा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने अपेक्षा गरिएको छ । आगामी आर्थिक वर्षमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान बढ्ने, पुँजीगत खर्च अभिवृद्धि हुने, पूर्वाधार निर्माणको कार्यले गति लिने तथा विभिन्न महामारी र आर्थिक शिथिलताको असर कम हुँदै जाँदा समग्र आर्थिक गतिविधिहरू बढोत्तरी भै वृद्धिदर हुने अपेक्षा गरिएको मन्त्री सिंहले बताए ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रक्षेपण अनुसार नेपालको चालु आर्थिक वर्ष २०७९÷८० मा आर्थिक वृद्धिदर २.१६ प्रतिशत र कर्णाली प्रदेशको आर्थिक वृद्धिदर २.१८ प्रतिशत हुने अनुमान रहेको छ ।