सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रको विकासका लागि बजेट विनियोजन गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले प्रस्तुत गरेको बजेटमा सुर्खेतस्थित प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गरिने बताइएको छ ।
प्रदेश अस्पताल सुर्खेतको तला थप गर्न ५५ करोड ५६ लाख विनियोजन गरिएको छ भने शिक्षण अस्पताल बनाउन आवश्यक रकम विनियोजन गरिएको छ ।
सल्यान, रुकुम पश्चिम, डोल्पा र दैलेकखमा स्वास्थ्य सम्बन्धी निर्माणाधीन बहुवर्षिय पूवाृधार निर्माणका लागि ३१ करोड विनियोजन गरिएको छ ।
कर्णालीका सबै जिल्ला अस्पताललाई ५० शैय्या अस्पताल बनाइने । सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा स्तरोन्नती गर्न आवश्यक बजेट विनियोजन गरिउको छ ।
सुत्केरी पोषण कार्यक्रम, पोषिलो पिठो वितरण कार्यक्रम, विपन्नलाई स्वास्थ्य विमा कार्यक्रम, विपन्नलाई प्रेषणमा यातायात खर्च उपलब्ध गराउने, नागरिक स्वास्थ्य परिक्षण सेवा सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
साथै, बजेटमा मृगौला डायलासिस सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सल्यानबाट सेवा विस्तार गर्ने, निःशुल्क र अतिआवश्यक औषधीको सहज आपुर्ति हुने व्यवस्था मिलाउन बजेट विनियोजन गरिएको छ ।
यसैगरी महामारी नियन्त्रण तथा प्रतिकार्य योजनाका लागि २ करोड विनियोजन गरिएको मन्त्री सिंहले बताए ।
टेलिमेडिसिन सेवालाई थप प्रभावकारी बनाईने । खोप अभियानलाई तिव्र बनाई आर्थिक वर्ष २०८०/८१ मा प्रदेशलाई पूर्ण खोप घोषणा गरिने बताइएको छ ।
साथै, महिला स्वास्थ्य स्वंयम्सेविकालाई वार्षिक १० हजार रुपैँया प्रोत्साहन भत्ता दिईने भएको छ ।
सामुदायिक स्वास्थ्य सेवालाई प्रवद्र्धन गर्न २ करोड विनियोजन गएिको छ ।
आयुर्वेद उपचारलाई अस्पताल तथा अनुसन्धान केन्द्रको सुदृढिकरण गरिने जनाइएको छ ।