सुर्खेत। कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को लागि वार्षिक बजेट तथा कार्यक्रम मन्त्रिपरिषदबाट अनुमोदन गरिएको छ।
आज बसेको मन्त्रिपरषद् बैठकले अनुमोदन गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए।
अब आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले आजै बस्ने प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्नेछन्। त्यसका लागि आज तीन बजे बैठक आव्हान गरिएको छ।

 
         
         
         
         
         
         
         
        
