दैलेख। दैलेखको नारायण नगरपालिकाको आयोजनामा आज ‘बाल कचहरी’ गरिएको छ। नगरमा गठित बाल सञ्जालमा आवद्व बालबालिका सँग आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बन्धी कचहरी अर्थात् छलफल गरिएको हो।
बाल सञ्जालले आर्थिक बर्ष २०८०/०८१ को लागि वालवालिका सम्बन्धि काम गर्नको लागि पाँच बुदे प्रतिबद्धता पत्र नगरपालिका समक्ष पेस गरेको छ।
चालू आर्थिक वर्षमा नारायण नगरपालिकाले १९ सय बालबालिकालाई जुगाको औषधि बितरण, वातावरण सँगै दिवा खाजा रैथाने वालि हुनुपर्ने सवाल, विभिन्न विद्यालयहरुमा आकस्मिक उपचार केन्द्र स्थापना, स्यानेटरि प्याडको प्रयोग सम्बन्धि सचेतना कार्यक्रम, नगरक्षेत्र भित्रका ३० वटा विद्यालयमा ईन्टरनेट वितरण, आमाबाबु बिहिन बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको नगर प्रमुख लोमन शर्माले जानकारी दिए।
आगामी वर्षमा चार वटा अपांगमैत्री स्वास्थ्य संस्था, किशोरी शिक्षा कार्यक्रम, पोषणमैत्री, बालमैत्री नगरपालिका, बालबालिकाको क्षमता अभिवृद्धि कार्यक्रम, पुस्तकालय स्थापना कार्यक्रम र अतिरिक्त क्रियाकलाप सहभागी कार्यक्रम लगायतका योजना तर्जुमा गरिनेछ नगरप्रमुख शर्माले प्रतिवद्धता जनाए।
स्थानीय तह योजना तर्जुमा प्रकृयामा वालवालिकाहरुको अर्थपूर्ण सहभागीता बिषय “बाल कचहरि” कार्यक्रमका लागि स्वीडेन, सेभ द चिल्ड्रेन र एभरेष्ट क्लब दैलेखको सहकार्यमा आयोजना गरिएको थियो।