सुर्खेत । आर्थिक वर्ष २०८०/०८१ का लागि संघीय सरकारद्वारा वित्तिय हस्तान्तरण गरिएको छ । अर्थमन्त्री प्रकाशसरण महतले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम अनुसार कर्णाली प्रदेशका लागि १६ अर्ब २७ करोड ३९ लाख वित्तिय हस्तान्तरण गरिएको हो । त्यसमध्ये चालुतर्फ ११ अर्ब ८८ करोड १७ लाख र पुँजीगत तर्फ चार अर्ब ३९ करोड २२ लाख बजेट विनियोजन गरिएको छ ।
समानीकरण अनुदान तर्फ १० अर्ब १६ करोड ४१ लाख, सशर्त अनुदान तर्फ चार अर्ब ७५ करोड ३ लाख, विशेष अनुदान तर्फ ५९ करोड ७९ लाख, पुँजीगत प्रकृतिका समपुरक अनुदान तर्फ ७६ करोड १६ लाख बजेट वित्तिय हस्तान्तरण भएको छ ।
अन्य प्रदेशलाई कति ?
कोशी प्रदेशलाई १६ अर्ब ११ करोड ७० लाख, मधेश प्रदेशलाई १३ अर्ब ४५ करोड ३५ लाख, बाग्मती प्रदेशलाई १५ अर्ब ८१ करोड २३ लाख, गण्डकी प्रदेशलाई १३ अर्ब ६० करोड ४० लाख, लुम्बिनी प्रदेशलाई १५ अर्ब ३८ करोड ४२ लाख र सुदूरपश्चिम प्रदेशलाई १४ अर्ब ४२ करोड १९ लाख बजेट विनियोजन गरिएको छ ।
जेट